वीरगन्जका शिवकुमारलाई कोरोना संक्रमण नभएको पुष्टि

विरगन्जका शिवकुमार रुगंटा किड्नीका विरामी हुन् भने उनी प्रायजसो चेकजाँजका लागी भारतमै जाने गरेको परिवारका सदस्यहरु बताउछन् ।त्यहीँ नियमित चेकजाँचकै क्रममा उनी बिहारमा रहेको पटना मेडिकलेजमा पुगेका थिए।

उनलाई कोरोना संक्रमणका बेला देखिने जस्तै केही संकेतहरु देखा परेका थिए।त्यहीँ आशंका आधारमा उनको रगत,दिशा,पिसाब लगायत परिक्षणका निम्ति अस्पतालले ल्याबमा पठाएको थियो।अस्पताल भर्ना भएको सूचना पाउँदा बित्तिकै नेपालका अधिकांश मिडियामा कोरोना संक्रमित एक नेपाली भारतको पटना अस्पतालमा भर्ना भन्दै खबर प्रसारित भयो।

यद्यपि अस्पतालले पुष्टि भैनसकेको बताउदै आएको थियो।उता भारतिय मिडियाहरुले पनि एक नेपालीमा कोरोना संक्रमण भन्दै खबर प्रसारित गरे।यसरी रुगंटा सम्बन्धि बिषय भाइरल हुन पुग्यो। अन्तिममा उनको रिपोर्ट नेगेटिभ आयो।

अहिले एक सूचना मार्फत पटना अस्पतालले पनि कोरोना संक्रमण नभएको जानकारी दिएको छ।रुगंटाको स्वास्थ अबस्थामा क्रमिक सुधार आइरहेको अस्पताल प्रशासनले जनाएको छ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु