Covid-19
City Express

सरकारद्वारा उपभोक्तालाई बिजुलीमा केही शुल्क छुट गर्ने घोषणा

सरकारले नयाँ बजेट घोषणामा १० युनिटसम्म बिजुली खपत गर्ने उपभोक्तासँग शुल्क नलिने भएको छ। आगामी आर्थिक वर्ष २०७७/ ७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले १० युनिटसम्म खपत गर्नेलाई निःशुल्क विद्युत प्रयोग गर्न दिने बताए।

त्यस्तै मासिक १५० युनिटसम्म खपत गर्नेलाई २५ प्रतिशत र मासिक २ सय ५० युनिटससम्म खपत गर्ने ग्राहकलाई १५ प्रतिशत विद्युत छुट दिने बजेट बक्तब्यमा उल्लेख गरिएको छ। यस्तै खानेपानी र सिँचाइ उपभोक्ता समितिले तिर्ने विद्युत् शुल्क मिनाहा हुने भएको छ।

उद्योगले माग कम भएको समयमा बिजुली खपत गरेमा ५० प्रतिशत छुट पाउनेछ।यो शुल्क छुटले उपभोक्तालाई राहात महसुुस हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु