Covid-19
City Express

स्पेनमा कोरोनालाई जितेर घर फर्किए रिजाल, नेपाली समुदाय हर्षित , उच्च मनोबल राख्नु होस् रोग नलुकाउनु होस्

भोला लामिछाने ,स्पेन । स्पेनको बार्सिलोनामा कोरोना भाईरस लागेर बिगत १० दिन देखी बार्सिलोनाको हस्पिटलमा आई सी यू मा उपचारार्थ बसेर निको भई आज घर फर्केका नेपालमा अर्घाखाची घर भई लामो समय बार्सिलोनामा परिवारका साथ बस्दै आएका विष्णु रिजाल सकुशल घर आउदा स्पेनवासी नेपाली समुदायमा खुसी छाएको छ । उनले उच्च मनोबल राखी रोग नलुकाउन सबैलाई आग्रह समेत गरेका छन् उहाको जस्ताको तस्तै भनाई ।

म ठीक छु । सवैको कुशलताको कामना गर्दै सवै सजक रहनुहोला हार्दिक अनुरोध छ । जीवन को जन्म पच्चात मृत्यु सास्वत सत्य हो । तर त्यो सत्यको विरोघमा हामी संघर्षसिल रहीरहन्छौ । सायद यही नै जिवनप्रति को मोह हो ।


मेरो २ हप्ताको कस्टकर अस्पताल वसाई पछी आज घर फर्के । सतप्रतिसत ठीक भै । समस्त स्पेन वासी /युरोप वासी नेपाली जस्ले मेरो सिध्र स्वास्थय लाभको अनुनय विनय गरीरहनु भयो उहाहरु प्रति हार्दिक नमन हार्दिक कृतज्ञता । हजुरहरूकै मायाले मलाई पुनजिवन प्राप्त भएको छ मित्रजनजन ,सुभचिन्तक सवैलाई नमन । मेरो परिवार लाई हौसला दिनुहुने नेपाली दुतावास , मेरा मित्रजनहरु , अग्रजहरुमा ,सवैमा कृतज्ञता ।

  • नआत्तिएर मनोवल उच्च राख्नुहोलात्यही मनोवल ले तपाईलाई जिताउनेछ
  • कुनैपनि सावधानी मा सम्झौता नगर्नुहोला ।
  • रोग लाग्यो भनेर तुच्छ भावमा नरहनुहोला । यस्लाई आकस्मिक सपना सम्झी मानसिक रूप मा आफ्नो विजयपथ

तीर मुस्किल को सामना गर्न डट्नु होला । किनकी हिनताले रोग प्रतिरोध क्षमता लाई कमजोर वनाउछ ।

धन्यबाद

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु