Covid-19
City Express

हँसिला तस्वीरभित्र परदेशको पिडा

बिदेश जाने सपना मीठो तर भोगाइ तितो

कलेज अध्ययनका क्रममा बिदेश जाने रहर जाग्यो

बहुमुखि क्यासपसमा बि.एस.सि पहिलाे बर्षकाे परीक्षासँगै पारिवारिक कारणले दाेस्राे बर्ष सहितकाे अध्ययन काठमाडौंमा गर्नुपर्ने भयाे। त्रिचन्द्र कलेज पढ्दै गर्दा मलाई पनि बिदेश अध्ययन गर्न जाने हावाले छोयो।हुन त महिनै पिच्छे खातामा परिवारले पैसा राखिदिएर “ल पढ् है” भन्दा त नपढ्ने हामी बिदेशमा गएर पसिना बगाएरै पढ्न त के सकिन्थ्यो! तै पनि जाग्यो बिदेश जाने रहर।त्यति खेर यु.के र अष्ट्रेलिया बिधार्थिहरुकाे लागि मुख्य गन्तव्य थिए। म पनि IELTS गरेर बिदेश जाने तयारिमा जुटे तर दुर्भाग्य बिदेश अध्ययन गर्न जाने सपना पूरा हुन सकेन।

बिदेश जाने निर्णयमा परिवर्तन

पुनः दाेस्राे पटक IELTS गरेर गरिएका प्रयासहरु पनि सफल हुन सकेनन्। त्यसपछि बिदेश जाने निर्णय बदलेर बि.एस्.सि. तेस्रो बर्षको अध्ययन पछि काठमाडौं छाेड्ने निर्णय गरे। गृहक्षेत्रमै पुगेर माध्यमिक तहकाे बिज्ञान गणित बिषय शिक्षककाे रुपमा सेवा गरिरहेकाे थिए । बिस्तारै- बिस्तारै राजनैतिक तथा समाजिक क्रियाकलापहरुमा समावेश हुँदै शैक्षिक गतिविधिहरु चलाइरहेकाे थिए।

स्थानीय स्तरमा राजनीतिक प्रभाब बढ्दै थियाे भने सामाजिक गतिविधिहरुमा पनि थप सक्रिय हुँदै दैनिकि बितिरहेका थिए। स्थानीय स्तरका मेलापर्वहरुमा कार्यक्रम संचालककाे भुमिकाकाे राम्रो निर्वाह गर्दै गर्दा थप हुने कार्यक्रमहरुमा पनि साेधखाेज भइरहेका थिए।

फेसबुकमा राखेका हसिला र रंगीन तस्वीरले पुनः बिदेश जाने रहर जाग्यो

अन्तिम समयमा बढ्दाे सामाजिक संजालहरुकाे  प्रयाेगसँगै म पनि सामाजिक संजालकाे प्रयाेगमा सक्रिय भैरहेको थिए।संजाल प्रयोग गर्दै गर्दा अमेरिका ,अष्ट्रेलिया ,जापान तथा युरोपेली मुलुकमा रहेका आफन्त साथिभाइहरुले फेसबुकमा राखेका तस्बिरहरुले मलाइ पुन: बिदेश जाने भुत जगाईदियाे । फेसबुकमा राखेका साथीहरूले समुन्द्री तटमा गएर ,मुस्कानका साथ हेप्पि फ्राइडे हेप्पि सटर्डे भन्दै हालेका फाेटाहरुमा भएकाे प्राकृतिक साैन्दर्यता र अनुहारमा देखिएकाे खुसिपनले म भित्रकाे बैदेशिक यात्राकाे भुतलाइ फेरि जगाइदियाे। मैले त्याे तस्बिर भित्रकाे सत्यता बुझ्न सकिन र बिदेश जाने निर्णय पुगे फेरी।

बिदेश जाने सपना बुनेको मैले बिदेशमा रहेका आफन्तलाई लगातार दबाब बढाए

५/६ बर्ष इटाली बसेकाे भाइ(अङ्कलकाे छाेरा)लाई सम्पर्क बढाउन थालेउसँग हुने हरेक फाेनहरुमा लाैन लाैन भन्न थाले, मलाइ छिटाे लैजा भनेर । उसले पनि हस ,हस भनिरहेकाे थियाे। म १/२ दिनकाे अन्तरमा फाेन गरिहरन्थे।मेराे पहिलाे शब्द हुन्थ्यो ,केही मेसाे मिल्यो!बिचरा कामबाट लखतरान परेर आएकाे भाइले भन्थ्याे- दाइ म बुझ्दैछु।

मलाई पनि साथिले जस्तै युरोपेली मुलुुकका समुन्द्री तटहरुमा गएर मन्ध-मुस्कानका साथ फाेटाे खिच्ने र सामाजिक संजालमा राख्ने , युरोपकाे आनन्द लिने कुराकाे निकै हताराे थियाे। हरेक दिन नयाँ सुखद समाचार सुन्ने आशामा म्यासेन्जरमा रिङ बजाउथे तर जवाफ उही आउथ्याे बुझ्दै छु दाजु।याे बुझ्दैछु भन्ने शब्द देखिनै इरिटेड भइसकेकाे थिए र आफ्नै भाइ प्रति विस्वास हराइसकेकाे थियाे।

करिब ९/१० महिना लगातार सुने त्यहि शब्द दाइ बुझ्दैछु। मलाइ के थाहा बिचरा भाइले बिदेशमा कति दुख भाेगिरहेकाे छ, के थाहा मलाइ उसकाे बाध्यता र विवशता। भाइसँगमेराे आशा मरिसकेपछि ,मेेराेे निसानामा पर्नुभयाे ,पाेल्यान्डमा रहनु भएका जेठान।उहासँगको कुराकानिमा मैले पनि युरोप आउने ईच्छा व्यक्त गरे ।

सुरुमा उहाँले मलाइ गालि गर्नु भयाे।नेपालमै शैक्षिक, राजनीतिक र सामाजिक रुपमा स्थापित  भइसकेकाे मान्छे ,बिदेश नआँउदानै ठिक हुने सल्लाह निरन्तर दिइरहनु भयाे। तर मेराे हठकाे सामु उहाँको केही लागेन र भन्नुभयाे हुन्छ म प्रयास गर्छु। यति आश्वासन पाएपछिकाे मेराे साेझै निसानामा उहाँ पर्नुभयाे। हरेक १/२ दिनमा उहाकाे म्यासेन्जरमा घण्टी बजाउथे र भन्थे काम के भयाे ?

सायद याे निरन्तरकाे म्यासेन्जर कल र काम के भयाे भन्ने शब्दबाट उहाँ पनि इरिटेड नै भइसक्नुभएकाे थियाे हाेला। मलाई उहाहरुकाे पिडा ब्यथा के थाहा! युरोपकाे जीवन बिताउने सपना बाेकेकाे म सधै भन्थे तिमिहरु सबै सेट भयाै,मेराे के चिन्ता तिमिहरुलाइ !

जेठानको सहयोगमा पोल्यान्डको भिसा प्राप्त गर्न सफल

मेराे निरन्तरकाे दबाबले हाेेला, उहाले काम नीरन्तर गरिरहनुभयाे।उहाँको प्रयासले पासपोर्टमा पाेल्यान्डकाे भिजा लागिहाल्याे। माध्यमिक तहमा अध्यापन गराउने र अतिरिक्त कक्षाहरुबाट समेत कमाइ हुने भएकाले मेराे आम्दानी राम्रैै थियाे। सामाजिक रुपमा केहि स्थापित भएकाले हाेला।भिजा लाग्याे भन्ने सुनेपछि बधाई दिने भन्दा गलत निर्णय गरिस भन्नेहरुकाे बाहुल्यता थियाे।

सायद त्यसैले हाेला पाेल्यान्डकाे भिजा लागेकाे खुसियाली मनाउनै पाइन। युरोप बसाइँकाे आनन्दमय क्षणकाे सपना बुन्दै , राम्रै चलिरहेकाे आफ्नाे दिनचर्याहरुलाइ बिटमार्दै लागे म पाेल्यान्ड तिर। पाेल्यान्डमा  पाइला टेके सँगै जब पाेल्यान्ड इमिग्रेसनले करिब आधा घन्टा जति राेक्याे, मेराे लागि पहिलाेे गासमा ढुंगा यहि भयाे। पाेल्यान्डमा कडा मेहनत गर्नु पर्ने रहेछ काममा।म दुख नगरेकाे मान्छे चाहिँ थिइन तर दुख बिर्सिसकेकाे मान्छे  थिए म। यहि भएर हाेला मलाई त्यहाँकाे बसाइ निकै दुखद लाग्याे।

पोल्यान्ड पुगेपछि पोर्चुगल जाने निर्णय

परिस्थिति हेरेर पोर्चुगल जाने निधो गरे। अनि चेक रिपब्लिक हुँदै पोर्चुगल हानिए। पोर्चुगलमा मलाइ निकै माया गर्ने एकजना दाजु र भाउजू भएकाले बसाइ ,कामकाे खाेजि  र काेठाकाे खाेजिमा केही पापड बेल्नु परेन। पर्चुगलकाे पहिलाे दिननै दाजुभाउजुको न्यानो मायाले सुखद बन्याे। लिस्बन निकै शान्त र शालिन शहर लाग्याे तर त्यहाँको पहिलाे बर्षकाे कागजि प्रक्रियामा हुने ढिलाइका कारण मानसिक तनाब चाहिँ कम्ति पिडादायक थिएन।

झन्डै २ बर्षको युरोप बसाईबाट आएको निष्कर्ष

युराेप बसाइकाे करिव २० /२१ महिनाकाे बसाइबाट म याे निष्कर्षमा पुगे। मैले सामाजिक सन्जालमा देखेका ती तस्बिरहरुलाइ मैले पढ्न सकेकाे रहेनछु । ती तस्वीरमा रहेकाे सुन्दर ,मनाेरम दृश्य र त्यहाँ उभिएर ङिच्च हासेकाे मान्छे काे बाहिरी आवरणलाइ मात्र हेरेकाेे रहेछ यी आखाले। तर त्याे तस्वीरमा रहेकाे पात्रकाे मनभित्रका पीडा ,दुख ,वेदना छातिमा जबर्जस्ती लुकाएर बाध्यताले ङिच्च हासेकाे हाेसाे बुझ्न सकिन रहेछु।  जुन कारण आज म त्यहि पात्रकाे ठाउँमा उभिएकाे छु।

म अहिले पोर्चुगलकाे अस्थायि रेसिडेन्टि कार्ड प्राप्त गरेकाे छु। ५ बर्षकाे बसाइपछि त्यहाँकाे स्थायि रेसिडेन्सि कार्ड र राताे पासपोर्टकाे सपना बाेकेर म र म जस्तै हजाराै नेपाली युवाहरु पसिना बेचिरहेका छाै। हाम्रो उर्जाशिल र सक्रिय युबा समयलाइ राताे पासपोर्टकाे नाममा तिलान्जलि दिईरहेका छाै । धेरैकाे एउटै उद्देश्य छ कि राताे पासपोर्ट लिएर सम्पन्न युरोपेली मुलुुुक जाने।

उमेर ढल्केपछि पाएको रातो पासपोर्टले के गर्ने?

तर म एउटा कुरा अझै बुझ्न सकेकाे छैन, ४० काटेपछि पाएकाे राताे पासपोर्ट बाेकेर कहाँ जाने, कसरी श्रम गर्ने !राताे पासपोर्टले पक्कै बसिबसि खानदिने त हाेइन हाेला ! अब एउटा मात्रै आशा बाकि छ ताकी सन्तानलाइ बेलैमा भित्र्याउन सकियाे भने केही हुन्छ कि ,त्याे पनि खै के खै के !

म र मेराे भबिष्य यहि कुराकाे दाेधारमा परेकाे छ । युरोप बसाइँलाई बिटमाराै त , सन्तानले फेरि युराेप आउनकै लागि पापड बेल्दै गर्दा हाम्राे बाबा बेलैमा युरोप पुगेर पनि स्थापित हुन नसकेका भन्दै धिक्कार्ने दिन पाे आउने हाे कि!

सामाजिक संंजालमा राखेका हँसिला तस्वीर हेरेर मात्र हतारमा निर्णय नगरौ

बसाै भने उर्जाशिल समय राताे पासपोर्टकाे नाममा तिलान्जलि दिएर ४० काटेपछि पाउने राताे पासपोर्ट हल्लाउँदै कता जाने! यहि र यस्तै दाेधारमा छ ,मेराे र हाम्रो भबिस्य। त्यसैले सामाजिक संजालमा देखिने ङिच्च हासेर राखिएका तस्वीरबाट काेहि पनि नझुक्किउ र कसैलाइ पनि नझुक्याउ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु