हजारको नोटमा नेपाल कै जुम्ल्याहा हात्तीहरु – पाँच सय नोटमा पनि नयाँ बाघ

२२ जुलाई। नेपाल राष्ट्र बैङ्कले बुधबारदेखि बजारमा ल्याएको एक हजार रुपैयाँको नयाँ नोटमा अहिलेसम्म प्रयोग हुँदै आएको अफ्रिकन हात्तीको फोटो हटाएर नेपालमै जन्मिएको जुम्ल्याहा हात्तीको फोटो राखिएको छ। आर्थिक वर्ष २०६९÷७० सालमै राष्ट्रि बैंक निर्णय गरेर पुरानो हात्तीको फोटो हटाउने भनिए बुधबार मात्रै हजारको नोटमा नेपाली हात्तीको फोटो राखेर सार्वजनिक गरिएको छ। नोटमा प्रयोग भएको “राम-लक्ष्मण” नाम गरिएका जुम्ल्याहा हात्तीहरु नेपालको चितवनमा एक मात्र हात्ती प्रजनन केन्द्रमा २०६५ सालमा जन्मिएका थिए।


२०६९ साल मङ्सिरमा नयाँ नोट छाप्ने सम्बन्धि बैठकमा नेपाली नोटमा विदेशी जनावरहरुको फोटो भन्दा नेपालमा पाईने बन्यजन्तुहरुको तस्विर राख्न तत्कालीन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु व्यवस्थापन विभागका महानिर्देशक मेघबहादुर पाण्डेले सुझाएका थिए। विश्वमा मुस्किलले आधा दर्जन मुलुकमा मात्रै जुम्ल्याहा हात्ती जन्मिएका छन् । तीमध्ये नेपाल, श्रीलंका, केन्या र थाइल्याण्ड लगायतका मुलुकहरूमा मात्रै जुम्ल्याहा हात्ती जन्मिएका छन् । राष्ट्र बैङ्कले यो निर्णय गर्दा नेपालमा अति दुर्लभ मानिने जुम्ल्याहा हात्ती जन्मिएको ४/५ वर्ष भइसकेको थियो । एकातिर पहिले विदेशी हात्तीको तस्विर प्रयोग गरिएको अर्को तर्फ नेपालमै दुर्लभ जुम्ल्याहा हात्ती रहेको, तस्विर फेर्ने सहि समय रहेकोले रास्ट्र बैकले तुरुन्तै तस्विर बदल्ने निर्णय लिएको थियो।

पाँच सय रूपैयाँको नोटमा बाघको फोटो पनि नेपालमा पाइने बाघको थिएन । त्यसको पुच्छर साइबेरियन हिमालमा पाइने बाघको जस्तो थियो । शरीरको अगाडि झुप्प परेको भुत्ला पनि नेपालको बाघमा नदेखिनेखालको थियो । बाघको पुच्छर र भुत्लाले त्यो नेपाली बाघ नभएको स्पष्ट पाथ्र्याे । हामीले पाँच सयको नोटमा त्यो पनि परिवर्तन गर्न सुझाव दिइएको थियो।

त्यसैगरी पचास रुपैयाँमा भएको याकको फोटो झुम्लुङ्ग परेकोले त्यसले पनि नेपालीपन नदेखाउने र त्यो अमेरिकन बाइसनको स्वरुपमा रहेकोले त्यसलाई पनि सोही समितिले परिवर्तन गर्नको लागि नयाँ फोटो उपलब्ध गराएको थियो । त्यस्तै, वीस रुपैयाँको नोटमा झारलको फोटो त्यो, त्यो नेपालमा पाइएको झारलको फोटो नरहेको पाइएको थियो। त्यसलाई पनि समितिले फोटो उपलब्ध गराएर परिवर्तन गर्न सुझाव दिएको थियो ।

सबै फोटोहरू संकलन भइसकेपछि २०७० सालको जेठ महिनामा राष्ट्र बैङ्कले हजारको नोटमा जुम्ल्याहा बच्चाहरूसहित अरू गलत फोटो भएका सबै नोटमा नेपाली वन्यजन्तुको फोटो प्रयोग गर्ने निर्णय गरेको थियो । धेरै अघि नै बजारमा आइसक्नु पर्ने नोटहरू कोरोनाभाइरसको लकडाउन जस्ता करणले ढिलो भएको राष्ट्र बैंकले स्पस्ट परेको छ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु