Covid-19
City Express

हाँस्यव्यंग्य जगतका एक कुशल नायक एवं अमुल्य निधी जितु

पुस । कलाकारिता शब्द सुन्दा,देख्दा हरेकको मनमा एक उत्साह ,उत्प्रेणा र रोमान्चित भाबको उदय हुन्छ।यधपी यो शब्द जति सरल छ ब्यवहारिकतामा उतारेर जन (जनको मानसपटलमा सम्प्रेषण गर्नु सामान्य बिषय पक्कै हैन।पछिल्लो समय दृश्य एवं अदृश्यमा व्याख्या( बिस्लेषण गर्यौ भने आधुनिक प्रबिधी र स्तरियतामा बिकासको छलाङ्ग मारेको देख्न सक्छौ तर बिकृतिको सन्जाल पनि उत्तिकैमात्रामा बृर्द्धि भएको सतही दिस्टान्तमा उजागर भएको छ।बिगत केही समयदेखि कलाकारिता जगतमा क्षणिक चर्चा कमाउने ,दर्शकको मनको छालमा तरङ्ग पैदा गर्ने तर तुरुन्तै हराउने परिपाटी बिकास भैरहेको सन्दर्भमा सदाबाहार कलाकारको पदबी निर्माण गर्नु खेलठ्ट्टा पक्कै हैन यो गर्बको फेहरिस्त आज हामी बिगत लामो समय देखि कलाकारिता क्षेत्रमा विशेषगरि हाँस्यव्यंग्य क्षेत्रमा अभुतपुर्ब योगदान दिएका अमुल्य निधि,बहुमुल्य श्रस्टा,हरेक नेपालिको मन (मनमा,तन (तनमा कहलिएको सदाबाहार नाम हाँस्यव्यंग्यका कुशल हिमायती जितु नेपालको चर्चा (परिचर्चा गरेका छौ।नेपालको सिन्धुपाल्चोक जिल्लामा स्वर्गीय बुवा शसिधर नेपाल र आमा योगमाया नेपालको कोखबाट सुपुत्रको रुपमा धर्तिमा पाइला टेकेका नेपाल बाल्यकालदेखि नै लगनशिल,अनुशासित,शब्य तर चातुर्य स्वभाबका थिए।बिधालयस्तरमा अध्यनगर्ने क्रममानै उनको रुचि हाँस्यव्यंग्य तथा अभिनयतर्फनै आकर्षित भएको थियो तद्अनुरुपनै बिधालयले गर्ने कार्यक्रम एवं गाउँ (ठाँउमा आयोजना हुने हरेक कार्यक्रममा कुनै नेता,कलाकारको नक्कल गरेर उपस्थित दर्शकलाई हाँसोको बाहाबमा समाहित गरेर मन्त्र मुग्ध पार्थ।कुनै व्यक्ति वा मानिसलाई हँसाउनु धमिलो पानीमा माछा मार्नु सरह नै हो।यदि सरल र सामान्य बिसय मापन गरिन्थ्यो भने सबै लहरको बेगमा अनुबन्ध हुन्थे तर कल्पना र सपनाले मात्र जन – जन हसाउने पात्र बन्न सकिँदैन।यी आख्यान भन्दा फरक र पृथक पात्र साबित भए नेपाल।हुने बिरुवाको चिल्लो पात भनेझै उनको काबिलियता सिमित घेरामा मात्र सिमित भएन फलस्वरूप धाराप्रबाह रुपमा देशैभरिका जनतालाइ हसाउने दुरदर्शि उद्देश्यकासाथ २०४७ सालको एस एल सि पश्चात् २०४८ सालको अन्त्यतिर कलाकारिताको उदगम स्थल राजधानी काठमाडौमा प्रबेश गरे।

काठमाडौको बसाइ उनका लागि स्वरसम्राट नारायण गोपालको गीत सरह छाती माथी ढुङ्गा राखी हास्नु पर्या छ भन्ने शोलोक उनका लागि सामिप्य हुन पुग्यो।कति समय गोजिमा गाडी भाडा नभएर हिडेर गन्तव्य स्थान सम्म पुग्थे। जीवनमा संघर्षको बाहाबलाई झेल्ने क्रममा तरकारी पसल गरेर राजधानीको खर्चलाई धान्दै आइ ए सम्मको अध्यन पूरा गरे।कठिन र समस्याको भकारिलाई चिर्दै उनले कलाकारिताको तृष्णालाई पर्दामै उतार्ने गहन उद्देश्यका साथ अगाडि बढीरहे।छेक्नेले छेक्न खोजिरहे,रोक्नेले रोक्न खोजिरहे तर उनको निखारता,तिक्ष्णता उत्कर्षमा पुग्दै गयो।फलस्वरूप २०४९ सालमा चर्चित हास्य कलाकार सन्तोष पन्थको अगुवाईमा प्रशारित टेलि फिल्म आजभोलीको कुरामा औपचारिकरुपमा अनुबन्ध हुन पुगे।उनको पहिलो सम्बादनै आम दर्शकलाई हँसाउने अस्त्र बन्न पुग्यो परिणामतह पहिलो आकर्षणनै उनको जिबनमा मुहार फेर्ने जिबन्त आकर्षण बन्न पुग्यो।हास्य टेलि सीरियल ट्वाक्क टुक्क,सङ्गालो,काउकुति,मुक्ती गितान्जली साथै दर्जनौ गाइजात्रा मार्फत आफ्ना चटिला प्रस्तुति पस्केर दर्शक स्रोताको ढुकढुकी बने।त्यसक्रममा जिरे खुर्सानी नेपाली जनमानसमा अधिक रुचाइएको टेलि सीरियल जस्ले पीडा,दर्द र कारुणिकतालाई छेडेर खुसिको गदगदाहटमा समाहित गराउने एक हास्य सम्राटका पहरेदार जितु बहुआयामिक कलाकारको रुपमा आम नेपाली जनमानस बृतमा सुप्रसिद्ध छन।टेलि सेरियल अलवा झण्डै चार दर्जन फिल्ममा अभिनय गरेका नेपालले पछिल्लोपटक किस्मत,छ एकाने छ,वडा नम्बर छ,छक्का पन्जा एक,छक्का पन्जा २,मा बेजोड अभिनय गरेर अधभुत कलाको प्रतिबिम्ब मुखारित गरेका छन्।

निकट भबिस्यमै प्रदशनमा आउन लागेको रामकहानी र छक्का पन्जा ३ मा पनि उत्कृष्ट अभिनय गरेका नेपालले दर्शक श्रोतालाई पेट (पेट मिची (मिची हँसाउने निश्चित छ।उनी नेपालमा मात्र सिमित भएनन् भारतको सिक्किम सरकारले निर्माण गरेको को होला मेरो मायालु नामक चलचित्रमा मुख्य नायकको भुमिका निर्बाह गरेर कलाकारिता क्षेत्रलाई सँकुचित पानीको थोपबाट समुन्द्रको बहाबमा रुपान्तरण गरेका छन्।उनले रोयल शुज,सानिमा लाइफ इन्स्योरेन्स लगायत विभिन्न ब्यबसायिक प्रतिस्ठानको बिज्ञापनमा समेत अब्बल भुमिका निर्बाह गरेका छन्।वडा नम्बर ६ देखि छ एकाने छ सम्म सह अभिनेताको पुरस्कार,उत्कृष्ट लेखन सम्बाद पुरस्कार,साम्दी शेर्पा स्मृति पुरस्कार, नेपाल सरकारबाट प्रबल जनसेवा श्री पदक लागायत दर्जनौ देश – बिदेशमा सम्मानबाट बिभुषित भएका नेपालले थप हौसला र प्रेणा प्राप्त भएको बताउछन्।अहिलेको नयाँ पुस्ताका कलाकारलाई बिगतमा जस्तो लोक प्रियता कमाउन लामो समय कुर्न नपर्ने र परिश्रमको मूल्याकंन तुरुन्तै हुने हुदाँ नवआगन्तुक कलाकारलाई धेरै हद सम्म सहज भएको नेपाल तर्क गर्छन्।खासगरी आफ्नो साख,लोकप्रियता एवं दर्शक श्रोताको मायालाई नै सर्बपरी ठानेर आगामी दिनमा श्रीजना र प्रस्तुतिलाई समायनुकुल थप पुरस्कृत गर्दै जाने उनको दृणता छ।निकट भ नयाँ टेलि सीरियलमार्फत दर्शक (श्रोतालाई मनोरञ्जन प्रदान गर्ने उनको तयारी छ।भर्खर (भर्खर कला क्षेत्रमा पाइला चाल्दै गरेको नया पुस्ताले ओजस्वी एवं सदाबाहार कलाकार नेपालबाट दिशानिर्देश ग्रहण गरेमा फलदायी हुने निश्चित छ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु