Covid-19
City Express

४ देश माल्टा, अस्ट्रीया, फ्रान्स र इजरायलका एनआरएनएको विवाद मिल्यो, माल्टामा अब नयाँ प्रक्रिया अघि बढ्ने

लिस्बन, पोर्तुगल । गैरआवासीय नेपाली संघ (एनआरएनए) का युरोपका चार राष्ट्रिय समन्वय परिषदहरुलाई विवाद टुंग्याउन निर्देशन दिइएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार गत हप्ता सम्पन्न पदाधिकारी बैठकले माल्टा, अष्ट्रिया, ईजरायल र फ्रान्स लगायतका देशको विवाद समाधान गर्न निर्देशन दिने निर्णय गरेको थियो ।

संघका अनुसार एनआरएनए माल्टाका पदाधिकारीको राजीनामा स्वीकृत गर्दै त्यहाँ संघको नयाँ राष्ट्रिय समिति गठनको प्रकृया अगाडि बढाउन महासचिव डा. हेमराज शर्मालाई जिम्मेवारी दिईएको छ ।

यस्तै संघको एनआरएनए अष्ट्रियालाई आन्तरिक विवाद व्यवस्थापन गर्न निर्देशन दिएको छ भने एनआरएनए ईजरायलकी अध्यक्षको राजीनामा स्वीकृत गर्दै अर्को अध्यक्ष तोक्ने अधिकार राष्ट्रिय समन्वय परिषदलाई दिने निर्णय गरेको छ ।

यस्तै फ्रान्स एनआरएनएको निलम्बनमा परेका उपाध्यक्ष अमरबहादुर भण्डारीको कारबाही रद्ध गरिदिएको छ । उनलाई पुर्नरबहाली गर्न संघले निर्देशन दिएको छ ।

एनआरएनएले विवादित राष्ट्रिय समन्वय परिषदहरुलाई दिइएको निर्देशन :

युरोप क्षेत्रका विभिन्न राष्ट्रिय समन्वय परिषद्या देखिएका समस्याका बारे जारी गरिएको निर्देशन

युरोप क्षेत्रका विभिन्न राष्ट्रिय समन्वय परिषद्या देखिएका समस्याका बारे मिति ६ जुन २०२० र १३ जुन २०२० बसेको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकमा छलफल भई निम्नानुसार निर्णय गरिएकोछ । यी निर्णयहरुलाई आज के मिति देखि लागु गर्न र गराउनु हुन सम्बन्धित राष्ट्रिय समन्वय परिषदलाई निर्देशन गरिन्छ । राष्ट्रिय समन्वय परिषद् माल्टाको सम्बन्धमा राष्ट्रिय समन्वय परिषद् माल्टाका पदाधिकारीहरु गैरकानुनी रुपमा श्रमिकहरु ल्याउने कार्यमा संलग्न भएको भन्ने बारे विभिन्न पत्रपत्रिकामा आएको समाचारको सत्यता बारे अध्यन गर्न क्षेत्रीय संयोजक नारायण आचार्यको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको थियो । उक्त समितिले पेश गरेको प्रतिवेदन माथी अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकमा छलफल भई निम्नानुसार निर्णय गरिएकोछ ।

१) राष्ट्रिय समन्वय परिषद् माल्टाका सम्पूर्ण पदाधिकारीहरुले दिएको राजिनामा स्विकार गर्ने र माल्टामा नयाँ राष्ट्रिय समन्वय परिषद् गठन प्रकृया अगाडी बढाउन महासचिव डा हेम राज शर्मालाई जिम्मेबारी दिने ।

२) संघको विधानको दफा ३० अनुसार संघका कुनै पदाधिकारी वा सदस्यहरुले संघलाई नोक्सान पुराउने खराब आचरण गरेको पाइएमा निजलाई गरिने कारबाहीको निर्याल अनुशासन समितिले गर्दछ । अतः राष्ट्रिय समन्वय परिषद माल्टाका पदाधिकारों का सदस्यहरुलाई के कस्तो कार्वाही गर्ने त्यसको सिफारिस गर्न अनुशासन समितिलाई अनुरोध गर्ने । अध्ययन समितिबाट प्राप्त प्रतिवेदन र प्रमाणहरु अनुशासन समितिलाई पेश गर्ने । समितिले अनुशासन समितिको कार्यव्यवस्था सम्बन्धि नियमावली अनुसार प्रकृया अगाडि बढाउनेछ ।

राष्ट्रिय समन्वय परिषदका पदाधिकारी एवं सदस्यको निष्काशन र निलम्बनको सम्बन्धमा

राष्ट्रिय समन्वय परिषदका पदाधिकारी एवं सदस्यहरुको कारबाही तथा निष्काशनबारे देहाय बमोजिम निर्णय गरिएको छ ।

१) राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी वा सदस्यहरु सामान्यतया महाधिवेशनमार्फत निष्काशन गर्न सकिनेछ ।

२) तर संघको विधानको दफा २५.३ अनुसार कुनै पदाधिकारी वा सदस्यले सघलाई नोक्सानी पुयाउने खालका कुनैपनि गतिविधि गरेको पाइएमा , संघको नीति विपरित खराब आचरण देखाएमा वा संघलाई गम्भीर आघात पुयाउने कार्य गरेमा निजलाई राष्ट्रिय समन्वय परिषदले कारबाही गर्न सक्नेछ तर यस प्रायोजनका लागि संघको विधानको दफा ३० को मर्म अनुसार राष्ट्रिय समन्वय परिषदमा एक अनुशासन समिति गठन गरेको हुनु पर्नेछ । उक्त अनुशासन समितिले एक कार्यविधी बनाई निजलाई कारबाहीको सिफारिस गर्नेछ । राष्ट्रिय समन्वय परिषद्मा अनुशासन समिति गठन नभएको खण्डमा अन्तर्राष्ट्रिय समन्वय परिषदको अनुशासन समितिले कारबाहीको सिफारिस गर्नेछ । राष्ट्रिय समन्वय परिषद्ले निस्काशन वा निलम्बन गरेको व्यक्तीले अन्तर्राष्ट्रिय समन्वय परिषदमा उजुरी दिन सक्नेछ र अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्णय नै अन्तिम हुनेछ ( विधानको दफा २५.३ ) ।

३) स्थानीय कानूनको बरखिलाब हुने प्रकृतिको गतिविधि या आपराधिक गतिविधि गरेमा भने स्थानीय कानून आकर्षित हुनेछ । यस्तो अवस्थामा नीजलाई राष्ट्रिय वा अन्तर्राष्ट्रिय समितिको अनुशासन समितिले स्वत : निस्काशन वा निलम्बनको सिफारिस गर्न सक्नेछ ।

४) राष्ट्रिय समन्वय परिषद अष्ट्रिया, फ्रान्स र पोल्याण्डले आफ्ना पदाधिकारी वा सदस्यहरुलाई गरेको निस्काशन र निलम्बनको औचित्य पुष्टी नभएको विधानको धारा २५.३ प्रयोग गरी उक्त निर्णयहरु बदर गरिएको छ । राष्ट्रिय समन्वय परिषद् अष्ट्रियाका सम्बन्धमा राष्ट्रिय समन्वय परिषद् अष्ट्रियामा देखिएको विवादमा सम्बन्धमा अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकको निर्णय यस प्रकार त्यहाँको विवाद मिलाउन मिति ५ जुन २०२० मा महासचिव डा हेम राज शर्मा , क्षेत्रीय संयोजक नारायण आचार्य , उपसयोजक कृष्ण तिमिल्सिना , राष्ट्रिय समन्वय परिषद् अष्ट्रियाका पदाधिकारी तथा सदस्यहरु , पुर्व अध्यक्षहरु , पुर्व आईसिसि सदस्यहरु बिच गहन रुपमा छलफल भएको र उक्त बैठकले निकालेको निष्कर्ष संघको हितमा भएकोले सो को कार्वान्यन गर्न राष्ट्रिय समन्वय परिषद् अष्ट्रियालाई निर्देशन गर्ने । कार्वान्यन गर्नु पर्ने बुंदाहरु निम्मानुसार छन् ।

१ ) संघको बृहत्तर हितका लागि राष्ट्रिय समन्वय परिषद् अष्ट्रियाले गरेका निलम्बन , बर्खास्ती , कारबाही र स्पष्टिकरणका सबै निर्णयहरु बदर गरी अहिले सम्म भएका कमिजोरीको लागी सिगो कार्यसमितिले आत्मआलोचना गर्ने ।

२ ) राष्ट्रिय समन्वय परिषद् अष्ट्रियाको विद्यानको दफा १६-२ मा व्यवस्था अनुरुप ३ जना सदस्य र १ प्रवक्ता मनोनित भएका हुनाले निजहरुको मनोनयनलाई स्वीकार गर्ने । मनोनीत सदस्य र प्रवक्ताको काम कर्तव्य र अधिकार विद्यानले तोकेबमोजीम हुनेछ ।

३ ) राष्ट्रिय समन्वय परिषद् अष्ट्रियाको विद्यानको दफा २०-३ मा व्यवस्था भए बमोजीम सँस्थाको प्रयोगमा भएका सुचना , संचार तथा सामाजीक संजालका माध्यमहरु महासचिवले संचालन गर्ने । संस्थाको आधिकारी समाजिक सञ्जाल र सञ्चारका माध्यमहरुका कुनै विषय प्रकाशित गर्नु भन्दा पहिले महासचिवले अध्यक्षसँग परामर्श गर्ने ।

४ ) परिषदको बैठकको मिति अध्यक्ष र महासचिवको सहमतीमा तोक्ने । अध्यक्षको निर्देशनमा महासचिव बैठकको आव्हान गर्ने । बैंठक मर्यादित र अनुशासित बनाउने ।

५ ) परिषदका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूले सामाजिक संजालमा संस्थालाई आँच आउने खालका कुनै पनि अभिव्यक्ती नदिने र यस पुर्व पोष्ट गरेका गलत मनसायका सम्पूर्ण सुचनाहरु तुरुन्त हटाउने ।

६ ) सबै पुर्व अध्यक्षहरु रहेको एक सुपरिवेक्षण समिति बनाउने । यस समितिको काम , कर्तव्य र अधिकार यस प्रकार हुने छन् । – राष्ट्रिय समन्वय परिषदका पदाधिकारी र सदस्यहरु बिच विश्वाशको वातावरण बन्ने समय सम्मका लागि परिषदको बैठकमा अनिवार्य रुपमा भाग लिने र बैंठकलाई मर्यादित रुपमा चलाउन सहयोग गर्ने । उहाँहरुको निर्णय प्रकृयामा मताधिकार भने रहने छैन ।

परिषदका गतिविधीहरु र सहमती लागु भए नभएको सुपरिवेक्षण गर्ने । कसैले सहमती भङ्ग भएमा वा संघको मर्यादा भन्दा बाहिर गतिविधी गरेमा निजलाई कारबाहीको लागी अन्तर्राष्ट्रिय समन्वय परिषदको अनुशासन समितिलाई सिफारिस गर्ने ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् ईजराएलको सम्बन्धमा

राष्ट्रिय समन्वय परिषद् ईजराएलकी अध्यक्ष शान्ती अधिकारीले व्यक्तिगत कारण देखाई राजिनामा दिनु भएकोले बेहोरा प्राप्त भयो । यस बिषयमा क्षेत्रीय संयोजक तथा उपसंयोजकहरुले त्यहाँको बस्तुस्थिति बुझी दिनु भएको सुझाव र शान्ती अधिकारीको निर्णयलाई सम्मान गर्दै रिक्त अध्यक्ष पद परिपुर्ती गर्न राष्ट्रिय समन्वय परिषद् ईजराएललाई जिम्मेवारी दिने । यस कार्यको समन्वय ईजराएलबाट प्रतिनिधित्व गर्ने अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य विशाल ज्ञवालीले गर्ने । राष्ट्रिय समन्वय परिषद् ईजराएलको विधानमा राजिनामा र रिक्त पदको पदपुर्तीको व्यवस्था नभएकोले संघको विधानको दफा २१.४ को मर्म अनुसार यो निर्णय गरिएको हो ।

कुमार पन्त

अध्यक्ष

डा हेम राज शर्मा

महासचिव

गैरआवासीय नेपाली संघ

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु