Covid-19
City Express

चमार कल्याण समाज साउदीको समन्वयमा १५ भन्दा बढि नेपाली कामदार स्वदेश फर्किए

विश्व ब्यापी महामारी कोरोना भाईरसले काम गर्न नपाएका साउदी अरबको जेद्दामा फसेका १५ भन्दा बढि नेपाली कामदारहरु स्वदेश फर्किएका छन ।

चमार कल्याण समाज प्रवास कमिटि साउदी अरेवियाको समन्वय एवमं गैरआवासीय नेपाली सघं साउदी अरब , नेपाली राजदुतावासको विशेष पहलमा स्वदेश फर्काइएको चमार कल्याण समाज साउदीका संयोजक सुरेन्द्र कुमार महराले जानकारी दिएका छन ।

संयोजक महराका अनुसार चार पाच महिना देखि सालेह हादी हैदर कोल्ड स्टोरेज कम्पनीले जेद्दामा कार्यरत २५ जना भन्दा बढि नेपाली कामदारहरुलाई खान खाने पैसा , तलब समेत नदिएपछि चमार कल्याण समाजको सम्पर्कमा आएको पछि उद्दार कार्यमा आफु विभिन्न मिडिया , नेपाली राजदुतावासमा जानकारी गराई उद्दारमा पहल गर्न लागि परेको बताए ।

जुलाई महिनामा हैदर कम्पनीमा कार्यरत नेपाली कामदारहरुलाई लकडाउनका बेला एक छाक खाना समेत नपाए भोकै बस्न बाध्य भएका भएपछि चमार कल्याण समाजले साईप्रस नेपाल डटकम मार्फत उद्दारका लागि अवाज उठाई दिन याचना गरेको थियो । नेपाल फर्केनेहरुमा नरेन्द्र कुमार चौधरी , कृष्ण महरा , किशन कापर , पाण्डव चमार , प्रकास लामा , मो.अस्लम अन्सारी , राज कुमार सदा मुसहर , सित कुमार चमार लगाएत रहेको चमार कल्याण समाज साउदी अरेवियाका संयोजक महराले जानकारी दिनुभयो ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु