आज अन्तरास्ट्रिय मजदुर दिवस ,कुनै औपचारिक कार्यक्रम भने नहुने

आज मे १ अर्थात अन्तर्राष्ट्रिय मजदुर दिवस। कोरोना भाइरसका कारण नेपालमा पनि मजदुर दिवस प्रभावित बनेको छ। यसअघि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइने गरिएको थियो।

तर यस वर्ष भने कोरोना भाइरसका कारण कुनै कार्यक्रम आयोजना गर्ने वातावरण रहेको छैन। सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर यो दिवस मनाइन्छ।

सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा मजदुर दिवस मनाउने गरिन्छ। विश्वका मजदुरले यस दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन्।

नेपालमा विराटनगरमा वि. सं २००७ मा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो। यसै अवसरमा प्रधानमन्त्री ,रास्ट्रपति एवम् विभिन्न राजनीतिक दलका नेताहरूले समेत बिज्ञप्ति मार्फत शुभकामना दिएका छन्।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु