Covid-19
City Express

८२ संक्रमित थपिदा १ सय ४७ जना कोरोना मुक्त भएर घर फर्किए

केही दिनयता नेपालमा कोरोना संक्रमित संख्या न्यून मात्रामा बढेको देखिन्छ।

आज जम्मा ८२ जना मात्र कोरोना संक्रमित थपिएका छन् भने यो पछिल्लो समयको न्यून रेकर्ड भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ।मन्त्रालयको आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा १४७ जना कोरोनामुक्त भएर घर फर्किएका छन्।

अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ८ हजार ५८९ पुगेको छ। पछिल्लो रिपोर्ट अनुसार हालसम्म कोरोनाका कारण ३८ जनाले ज्यान गुमाइसकेका छन्।

हरतरहले कोरोना प्रभाव न्यूनीकरण गर्न मन्त्रालय लागि परेको प्रवक्ता गौतमले बताए।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु