Covid-19
City Express

प्रधानमन्त्री ओलीको पक्षमा जुरमुरायो लिस्वन,र्‍यालीमा सयौं युवाहरु सहभागी


पोर्चुगलको राजधानी लिस्वनको वेला भिस्ता पार्कमा सोमबार स्वतन्त्र युवाहरुले एक र्याली आयोजना गरि नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा नारा घन्काएका छन्।

र्‍यालीको संयोजन दिपक खत्रीले गरेका थिए भने उक्त विरोध र्यालीमा खत्रीले प्रधानमन्त्री ओलीलाई हटाउन खोज्नुको कुनै तुक नभएको भन्दै राष्ट्र र राष्ट्रियतापर्ती सबै युवाहरु एक जुट हुनुपर्नेमा जोड दिएका थिए।

राष्ट्रियताको पक्षमा प्रधानमन्त्री ओलीले खरो अडान लिएकाले  देशीविदेशी शक्तिहरु उनको सरकार ढाल्न लागि परेको भन्दै युवाहरूले विरोध गरेका हुन्।

राजनैतिक अस्थिरताका कारण युवाहरु पलायन हुनुपरेको यथार्थ हो तर अब राजनैतिक स्थिरता हुन्छ, देशले विकाशको गतिमा मोड लिन्छ र हामी आफ्नै देशमा फर्कने वाताबरण सृजना हुन्छ भन्ने विश्वास लिएका थियौ।

यद्यपि हाम्रो विश्वालाई समेत कुठाराघात गर्ने गरी सत्ता परिवर्तनको जुन खेल भएको छ,त्यो अत्यन्त दुर्भाग्य हो -“र्यालीमा उपस्थित सबै युवाहरूले एकै स्वरमा भने” ।

सरकार ढाल्ने भन्दापनि सबै नेपाली एकजुट भैइ देश र रास्ट्रियताको पक्षमा आवाज उठाउनु पर्ने युवाहरूको जोड रहेको छ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु