Covid-19
City Express

गुल्मीको आटिपाटा शोकमा,पहिरोका कारण एकै परिवारका ४ जनाको ज्यान गयो

गुल्मीको रुरुक्षेत्र गाउपालिका वडा नम्बर ५ बम्घा आटिपाटामा पहिरो खस्दा एकै परिवारको ४ जनाको मृत्यु भएको छ। घर माथिबाट एक्कासी खसेको पहिरोमा पुरिदा एकै घरका ४ जनाको मृत्यु भएको हो।

वडा अध्यक्ष हरिप्रसाद ज्ञवालीका अनुसार साझपख बाट परेको अविरल वर्षाका कारण माथिबाट पहिरो खसी घरमा सुतिरहेको बेलामा ४ जनाको घटनास्थलमै ज्यान गएको हो।

रातको समय त्यसै माथि दुर्गम बस्ती र ठाउठाउमा पहिरो पनि खसेका कारण उद्दार कार्यमा कठिनाई आएको उनले बताए। उद्दारको लागि रिडिबाट प्रहरिको टोलि आउदै गरेको र स्थानीय लगायत जनप्रतिनिधिहरु पनि घटनास्थल तर्फ जाने प्रयास गरिएको उनले जानकारी दिए।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु