Covid-19
City Express

नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने संख्या ह्वात्तै बढ्यो

नेपालमा हरेक दिन कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या उच्चरुपमा वृद्धि भएको छ।एकातर्फ बन्दाबन्दी खुकुलो हुनु भने अर्को तर्फ स्वास्थ्य सेवा प्रभावकारी नहुदा कोरोना भाइरसबाट ज्यान गुमाउने संख्या बढेको देखिन्छ।

यही अवस्था रहे ज्यान गुमाउनेको संख्या अनुमान भन्दा बढी बढ्ने विज्ञहरुले बताएका छन्।आज मात्रै कोरोना संक्रमणबाट थप ४ जनाले ज्यान गुमाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबारको नियमित मिडिया ब्रिफिङमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९९ पुगेको जानकारी दिए । कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रदेश २ मा ४२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ९ जना पुरुष, वागमती प्रदेशमा १३ पुरुष र ५ महिला गरी १८ जना, गण्डकी प्रदेश ६ पुरुष, प्रदेश ५ मा ९ पुरुष र ३ महिला गरी १२ जना, कर्णाली प्रदेशमा ४ पुरुष र सुदूरपश्‍चिममा ५ पुरुष र ३ महिला गरी ८ जनाको मृत्यु भएको छ । स्थिति नियन्त्रण बाहिर जान नदिन नागरिकहरु पनि विशेष चनाखो हुन जरुरी छ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु