Covid-19
City Express

पोर्चुगलको लिस्वन(मार्टिमुनिज) मा भेटिएका मास्टर साप

करिब- करिब ७ महिनाकाे नेपाल बसाईसँगै लिस्वन( पोर्चुगल ) भित्रिएकाे पनि आज एघार दिन भईसकेछ।नेपाल सरकार ,कतार एयरलाइन्स र ट्राभल एजेन्सिहरुलाई बाडिचुडि खाउहै भन्दै करिब दुई लाख नेराेघेराेकाे रकम बुझाएर चार्टर्ड फ्लाईटकाे नाममा लिस्वन भित्रीएकाे एघार दिनमा बल्लतल्ल कामबाट आजलाइ मुक्ति पाएकाे दिन हाे।

यानिकि आज हेप्पि होलिडे। हुन त आज विशेष दिन समुन्द्री किनारामा गई कहिले चश्मा आखामा, कहिले टाउकाेमा राखेर ब्यागग्राउण्डमा बिकनि लगाएका खैरेनिहरु आउने गरि फाेटाे खिच्नुपर्ने थियाे।  अमिलाेे मन बनाएर ङिच्च हासेका ती तस्बिरहरूमा हेप्पिडे, हेप्पि हाेलिडे भन्ने क्याप्सन राखेर सामाजिक सन्जालमा सार्वजनिक गर्नुपर्ने थियाे तर म आज त्यसाे गरिन।

आज मात्र हाेईन, पाेल्यान्ड , चेक रिपब्लिक र पोर्चुगल लगायतका युरोपेली मुलुकहरुकाे बसाइँकाे करिब अढाई तीन बर्षकाे बसाइँकाे अवधिमा कहिल्यै त्यसाे गरिन।
बिदाकाे दिन रमणीय स्थलहरुकाे भ्रमण गर्ने तस्वीरहरु कैद गर्ने गरेता पनि सार्वजनिक गर्ने काम चाहिँ गरिन।

यसकाे एउटा मात्र मतलब छ की माथि भनिए जस्ता तस्वीरहरूले म झुक्किए पनि अरुलाइ झुक्याउन चाहन्न। अधिकांश नेपाली युवाहरुकाे सपना भनेकाे युराेप हाे। उनीहरुको पहिलाे चाहना भनेकाे युरोप नै छ। त्यहि माथी हामिले पाेस्ट्याउने ती तस्वीरहरूले उनीहरुलाई युराेपकाे दिवा सपना देखेर चलिआएकाे जागिर ,व्यापार छाेडेर यतैतिर हानिने भुत चढ्ने छ।

ती युवाहरू युराेपमा आएर फस्नेछन्। त्यसैले यसरि चुंगाउने काम नगराै भन्न खाजेकाे। अन्यथा लागेमा माफि पाउ।

बल्ल बल्ल हप्तामा मिल्ने एउटा बिदा नुहाउने ,धुने ,घरकाे सरसफाइ आदि ईत्यादिमै आधाजस्तो दिन बित्छ। बिदाकाे दिन भनेपछि घरमा बुवाआमा ,श्रीमती ,छाेराछोरी , दिदीबहिनी ,दाजुभाइ , साथिभाई, आफन्त नातागाेता लाई पनि सम्झनै पर्नेे।

खै साेचे जसरी समय म्यानेज गर्नै गाह्रो। बाेल्ने थाेरै समय दिएपछि उता घरमा बुढि ठुस्स यता आफ्नाे बिदा फुस्स। यस्तैयस्तै छ परदेशिकाे जीवन। हुन त अहिले लिस्वनमा धेरैजसाे साथिहरुले राेजगार गुमाउनु भएकाे रहेछ।

याे काराेनाकाे कारण विश्व बजारनै यस्तै छ।अहिले खानकाे लागि मात्र पनि काम पाउन मुस्किल भएकाेे गाईगुई हल्ला सुनिने गरिएकाे छ भने कतै बेरोजगार भत्ता बुझेरै भएपनि जीवन धान्न बाध्य भएका छाै। सायद काम नभए पनि भाकै नमर्नु पर्ने भएर हाेला, युराेप हाम्रो सपनाकाे देश बनेकाे।

सायद आज बिदा भनेर हाेला, हिजाे राति अबेरसम्म निद्रा परेन , निद्रा नलागेकाे समयलाई युट्युबमा खर्च गरेे। बुडाबुडिकाे घरझगडालाई युट्युबे पत्रकार मित्रले लामै बखान गरिरहेका थिए , यसकाे बारेमा अरु कुनै स्तम्भमा कुरा गराैला। अहिलेलाई यत्ति भनौ अधिकांश युट्युबेहरुले नेपालमा सामाजिक दुरि बढाउने र मुद्दा बढाउने काम मात्र गरिरहेका छन्।

यहि निस्कर्ष सहित हिजाे अबेला सुतेपनि आज चाहिँ निरन्तरताकै समयमा निद्रादेबिलेे आफ्नो काखबाट बिदाई गरिन्। अब उनकाे नलागेर हाम्रो के लाग्थ्यो र खै।
आज बिदा भएपनि बिदाकाे बारे कोही साथिलाई खबर गरेकाे थिईन। बाहिर निस्कन, बिनाकाम घुम्नुडुल्नु, याे बेलामा उपयुक्त हाेइन जस्ताे लाग्याे ,याे महामारीकाे बेला हाम्रो सानाे गल्तीले ठुलाे क्षति बेहार्नुपर्छ कि भन्ने मेराे बुझाइ रह्याे।

नुहाइधुवाइ र सरसफाइ सकेपछि घरपरिवारसँगकाे कुराकानीलाई सन्चाेबिसन्चाेमै टुङ्ग्याएर नजिकै रहेकाे मार्टिमुनिज पार्कमा पुगे। पहिले- पहिले निकै चहलपहल हुने याे पार्क आज केही सुनसान लाग्याे। याे काेराेना कै प्रभाव हाेला सायद। केही मानिसहरुकाे आेहाेरदाेहाेर चलिरहकै थियो। पार्कमा अरु मानिसहरु पनि थिए तर म बिल्कुल एक्लै थिए।

यहि क्रममा पछाडि बाट एक्कासि आवाज आयाे , भाइ आँप क्या बंगालि हे ? सायद मेराे कालाे कालाे बर्ण, सानाे तर बाक्लो झुप्प आएकाे दाह्रिले गर्दा हाेला मलाइ बंगालि जस्ताे देखेकाे। मेरा आँखा हत्तपत्त आवाज दिने मान्छेकाे अनुहारमा पुग्याे।

उनकाे शरिरकाे चालढाल दखेेपछि लाग्याे उनी पक्कै नेपाली हुन्। अनी मेराे उत्तर आयाे , हाेइन म नेपाली हाे नी । उनी फिस्स हास्दै भने सरि है दाइ सरि। मैले भने हुन्छ भाइ ठिकै छ भने। उनी म सँगकाे सम्बादलाई निरन्तर दिन खाेजिरहेका थिए तर किन हाे किन मलाइ उनी सँगकाेे सम्बाद लामाे बनाउने मननै थिएन।

यत्तिकैमा फेरि बाेले दाइ तपाईंको कार्ड आयाे ? मैले भने टिआर मात्र। मेराे बाेलि भुईमा खस्न नपाउदै फेरि बाेले “मेराे नि आयाे नि दाइ ,उनि निक्कै खुसि रहेकाे भाव उनकाे मुहारमा झल्किरहेकाे थियाे उनकाे खुसिमा खुसि थप्दै भने बधाई छ भाइ ,अनि पाटि नि ?” उनले भने पाटि त अस्तिमात्र दिएकाे एउटा नेपाली रेष्टुरेन्टमा करिब १० /११ जना साथिहरु सँगै।

त्याे सँगै करिब २०० युराे खर्च गरेकाे पनि खुलाए। मैले भने किन यति धेरै फजुल खर्च गरेकाे नि भाइ ? उनले भने हाेईन दाइ खुसि साटेकाे मात्र। मलाई आश्चर्य लाग्याे। यती कुराकाे लागि पनि यत्राेे पाटि मनमनै साेचे उनी सँग बाकी केेही भनिन।

उनले भने दाजु याे कार्ड पाउन मैले गरेकाे संघर्षकाे लामाे दुखद ईतिहास छ। कम्ता दुखकष्टले याे पाएकाे हाेईन नि दाजु।त्यहि भएर २/३ सय खर्च गरेरै सेलिब्रेट गरेकाे नि। अहिले उनले दिएकाे कारण चै मन पर्याे।

हल्का रफ गरेकाे जिन्स पायन्ट सँगै हाफ बाउले टिसर्ट लगाएका , एउटा कानमा सायद सुनकै मुन्द्रा लगाएका , स्टाईलिस्ट पारामा कपाल काटेेका ती युवा झट्ट हेर्दा हावा -हावा लागेपनि निकै जिम्मेवार र व्यबहारिक कुरा गर्दैै थिए। कुरा गर्दै जादा अहिले राेजगारि गुमेकाले फुन्दाे खाएर बसेकाे छु, कतै कामकाेे मेसाे मिले भन्नुस है दाजु सम्म भन्न भ्याए भाईले।

यतिबिधि कुरा पछि बल्ल हाम्रो परिचय भयाे। उनीकाे नेपालकाे घर पुर्व तिर पर्दाे रहेछ। बि .एस .सि . सक्काएपछि उनी माध्यमिक तहमा बिज्ञान गणित बिषयकाे शिक्षककाे रुपमा काम गर्दै आएकाे बताए। कक्षा ९ र १० मा बिज्ञान ,गणित र अतिरिक्त गणित अध्यापन गराउने मास्टर साप रहेछन् उनी।

बर्षकाे ६/७ महिना ट्युसन क्लास र मा वि तहकाे तलब थाप्दा मासिक ८०/९० हजार जति बचत हुने कुरा बताईरहेका थिए। म पनि पहिले उनी जस्तै मास्टर भएकाले उनकाे कुरामा सत्यता देखिरहेकाे थिए र त थप चाख मानेर सुनिरहेकाे थिए। अनि बीच- बिचमा जिज्ञासा पनि राखिरहेकाे थिए।

उनले यत्ति भनिरहदा मैले साेधिहाले : अनि यति राम्रो चलिरहेकाे जागिर छाेडेर के खान आकाेे त बिदेश ? उनले हत्तपत्त अलिकति पनि नहिच्किचाई भने , अधिकांश नेपाली युवाकाे सपना हाेनि युराेप ।आफ्ना धेरै जसाे दाैतरिहरु अमेरिका ,युराेप ,अष्ट्रेलिया लगायतका देशहरुमा सेटल भईसके।

नेपालकाे अवस्था त्यस्तै- त्यस्तै अनि आफू पनि बिदेशीने निदाे गरेेकाेे बताए। उनी बिदेशीनकाे लागि काठमाडौंका धेरै मेनपावर र कन्सलटेे्न्सि धाएका रहेछन्। धेरै ठाउमा भिषा नमिलेेकाे तिताे अनुभव सँगै निरन्तरकाे प्रयासले लिथाेनियाकाे भिषा लागेकाे रहेछ।

उनले मलाइ लिथाेनिया , पाेल्यान्ड र पर्तुगलसम्मकाे दखद् यात्रा र पोर्चुगलकाे कार्ड पाउन सम्म भाेगेकाे दुख ईतिबृतान्त बताउदै थिए। उनी आफ्नाे बिगत जति सम्झदै जान्थे त्यतिनै उनकाे मुहार मलिन हुँदै गईरहेकाे थियो। उनका आँखा बिस्तारै रसाउन लागेका थिए।

उनी करिब १२/१५ लाख तिरेेर लिथाेनिया छिरेेका र युराेपकाे सुन्दर सपना देखेका उनलाई जब एरपाेर्टमा उनलाई रिसिभ गर्न एजेन्ट नै आएन तब उनकाे युराेप यात्राको पहिलाे गाँसमैै ढुँगा लाग्याे। उनी एयरपाेर्ट बाहिर निस्किएर यताउता टाेलाउन थालेछन्। अब के गर्ने ?कहाँ जाने ? उनी ठुलाे फसादमा परे …….क्रमश:………….

(उनकाे बाकी दुखद् भाेगाईकाे ईतिबृतान्त आगामि स्तभमा आउने छ , प्रतीक्षा गर्नुहाेला )
जय देश जय नेपाल

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु