Covid-19
City Express

नेपालमा कोरोना संक्रमितको संख्या ४७ हजार नाघ्यो,अवस्था जटिल

नेपालमा आज मात्रै ९७९ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ७३६ जना संक्रमित निको भएर घर फर्किएका छन्। अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ३० हजार ६७७ पुगेको छ।

सोमबारसम्म ४ हजार ७३९ जना क्‍वारेन्टाइनमा रहेका छन् भने १६ हजार २५९ जना आइसोलेसनमा रहेका छन्।

पछिल्लो २४ घण्टामा ९ हजार २१८ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ७ लाख ७७ हजार ५६३ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ।

थप ११ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ३०० पुगेको मन्त्रालयले जनाएको छ।पछिल्लो तथ्यांक केलाउदा अवस्था थप जटिल देखिएको छ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु