लन्डनमा हृदयघातबाट एक नेपाली युवाको निधन

  • लन्डनमा एक नेपाली युवाको निधन भएको छ। पूर्व मिस्टर यूके नेपाल रचित कुंवर (लाल) को लन्डनमा ‘हार्ट अट्याक’ का कारण निधन भएको हो।

करिब तीस वर्षीय कुंवरको बुधबार दिउसो झण्डै एक बजे साउथ इष्ट लन्डनस्थित निवासमा निधन भएको उनको पारिवारिक श्रोतले बताएको छ। उनको ‘कार्डियक अट्याक’ का कारण निधन भएको बताइएको छ।

स्वर्गीय कुँवर ‘यूके नेपाल फेडेरेसन अफ बडीबिल्डिङ एन्फिटनेस’ (यूकेएनएफबीएफले आयोजना गर्ने ‘मिस्टर यूके नेपाल’ प्रतियोगिताको सन् २०१६ का विजेता हुन्।

लकडाउनका कारण महिनौंसम्म नेपालमा रोकिएका कुंवर दुई दिन अघि सोमबारमात्र लन्डन उत्रिएका थिए।
लामो समयदेखि लन्डन बस्दै आएका रचित परिवारसहित अष्ट्रेलिया बसाइ सर्ने तयारीमा रहेको पारिवारिक श्रोतले बताएको छ।

उनका बाबु आमा नेपालमा छन्। अविवाहित कुंवरका दुई दिदी छन् भने उनी एक्लो छोरा हुन्।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु