नेपालमा कोरोना संक्रमणको प्रभाव बढ्दो क्रममा,एकै दिन थपिए १५ सय ३९ संक्रमित

बुधबार थप १ हजार ५ सय ३९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ।यो अहिलेसम्मकै एकै दिनमा पाइएको संक्रमितको सबैभन्दा बढी संख्या हो।

यस अघि हिजो मंगलबार १ हजार ४ सय ५९ जनामा संक्रमण फेला परेको थियो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ५ सय ३९ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ५८ हजार ३ सय २७ पुगेको छ।

आज थप ८ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ। योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। यसअघि मंगलबार हिजो ११ जनाको कोरोनाका कारण ज्यान गएको थियो।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु