गुल्मी आँपचौर सेवा समिति जापानद्वारा मृतक गैरेको परिवारलाई आर्थिक सहयोग

कल्याणकारी कार्यमा अग्रसर हुँदै गुल्मी आँपचौर सेवा समिति जापान

आफ्नो परिवारको मुल सदस्य गुमाउँदा कस्तो पीडा हुन्छ होला सम्बन्धित परिवारलाई !सायद यो अनुमान गर्न पनि निकै गाह्रो बिषय हो।

त्यहीँ पीडा र वेदनाको आहालमा छट्पटीएको परिवारलाई सहयोग गर्नु र साहानुभुती दिन अग्रसर हुनु सामान्य बिषय पक्कै हैन। त्यस्तै कारुणिक वेदनामा छट्पटीएको छ “गुल्मी आँपचौर निवासी त्रीकामणी गरैको परिवार”।

रोजगारीको सिलसिलामा जापान पुगेका गैरेको केही समय अगाडि खोलाले बगाउँदा दुखद निधन भएको थियो।गैरेको अभावमा विक्षिप्त परिवारलाई मलमपट्टी लगाउन गुल्मी आँपचौर सेवा समिती जापान अग्रसर भएको छ।सहयोगी भावनाले ओतप्रोत उक्त सस्थाले यस अघि पनि धेरै कल्याणकारी कार्य गर्दै आइरहेको ज्वलन्त उदारणहरु छन्।

समितीले पदाधिकारी,सदस्य लगायत शुभचिन्तकहरुबाट ठुलै धनराशि १७ लाख ५८ हजार ६ सय ७२ रुपैयाँ संकलन गरेको थियो। उक्त रकम मृतक गैरेकी श्रीमती राधा गैरेलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ।

कार्यक्रममा समाजका अध्यक्ष कृष्ण बाबु पोखरेलले पीडा र समस्यामा बल्झिएको गैरे परिवारलाई सहयोग रकम जुटाउन अग्रसर हुने सम्पूर्ण सहयोगी मनहरुलाई आभार व्यक्त गरेका थिए। उक्त अवसरमा अध्यक्ष पोखरेलले संकलित रकमले गैरे परिवारलाई केही भएपनि राहात महुसस हुने विश्वास व्यक्त गरे।

आगामी दिनमा पनि समितिले यस्तै लोककल्याणकारी कार्यलाई निरन्तरता दिने पोखरेलले बताए।उक्त कार्यक्रममा समितिका पूर्व अध्यक्षहरु राज सापकोटा शंकर,महेन्द्र अधिकारीको उपस्थिति थियो भने समितिमै आवद्ध देवी अर्याल ,कुलचन्द्र खरेल ,दधिराम खरेल लगायतको पनि उपस्थिति रहेको थियो।

उक्त कार्यक्रम समितिकै अध्यक्ष पोखरेलको सभापतित्व ,समाजका कोषाध्यक्ष गोकुल अर्यालको विशेष सक्रियता र पूर्वअध्यक्ष राज सापकोटा शंकरको संचालनमा सम्पन्न भएको थियो। स्मरण रहोस् गैरेको अन्तिम दाहसंस्कारका लागि जापानमा कार्यरत गैरेका आफन्तहरुलेनै रकम जुटाएका थिए।

गैरे मृत्युको पीडा कार्यक्रममा पनि स्पष्ट झल्किएको थियो।उपस्थित सबै निकै भावुक र मलिन मुद्रामा देखिन्थे।यसले पनि स्पष्ट पारेको छ की “एउटा नेपालीको मृत्युवरण हुँदा अर्को नेपाली पनि शोकमा डुब्छ भन्ने आख्यानलाई उजागर गरेको छ”।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु