दुखिको दशै यथार्थ कथामा आधारीत गीत बन्यो,गायक गिरीको शब्द श्रीजना अब्बल सावित

दुखिकै दशै गीतले उजार गर्यो प्रदेशिएका मानिसको कथा-व्यथा

नेपालका हरेक परिवारको कम्तिमा एक सदस्य मुग्लाननै गएको पाइन्छ ।प्रशस्त धन-सम्पत्ति कमाउने आशमा प्रदेश आउँदा पनि सोचेजस्तो सपना साकार नहुँदा कस्तो हुन्छ होला प्रदेशिएको मानिसको जीवन?सोचौ त एकछिन।

अथाह पीडा र वेदनालाई मनमनै गुम्साएर राख्नुपर्ने वाध्यता एकातिर छ भने अर्कोतिर चाडबाड आउँदा पनि परिवारसँगै बसेर मनाउन नपाउदाको बिलौना थप कहालीलाग्दो हुन्छ।भनेजस्तो जागीर पनि नपाउने,श्रमअनुसारको पैसा पनि नपाउँदा घरपरिवारको समस्या पनि ज्युकात्यु हुन्छ।

यस्तै-यस्तै कथा र ब्यथालाई टपक्कै टिपेर गीत मार्फत उजागर गरेका छन्, अहिलेका बहुप्रतिभाशाली गायक उज्वल गिरीले। भर्खरै बजारमा आएको दुखिको दशै नामक गीती सङ्ग्रहमा प्रदेशिएको एउटा श्रीमान र बाबाको कथालाई दुरुस्त उतार्न खोजिएको छ।

घरमा बसिरहेको आनन्दको परिवार।नेपालमा ठिकठाकनै चलिरहेको परिवारमा धेरै धन कमाउने आशा जाग्छ।छिमेकीका छोराले बिदेश गएर धेरै पैसा कमाएर ठुला-ठुला महल बनाइसकेको सपना देखाउछ् एक गाउँकै एजेन्टले।कामकाज बिनाको छोरोलाई बिदेश पठाएर प्रशस्त धन कमाउने आशमा बाबा पनि  उक्त प्रस्तावमा मन्जुर हुन्छन्।

अन्ततः ब्याजमा रिण खोजेर प्रदेश पठाउछ्न् छोरालाई।छोरा पनि बुवा -आमाको दबाबमा बिदेश जान बाध्य हुन्छन्।आफ्नो प्राण प्यारी अर्धागिनी र छोरीलाई छोडेर उनी मुग्लान पस्छन्।तर नेपाल बाट एजेण्टले भनेजस्तो नत कामनै मिल्छ नत धन-दौलतनै।

गीतमा महान चाड दशै आउँदा पनि घर आउन नपाएको बाबाले छोरीलाई दुखेसो पोखेका छन् भने उता छोरीले बाबसँगै बसेर टीका लाउन नपाउदाको बिलौना पोखीरहेकी छिन्।श्रीमतीको पीडा पनि उदेगलाग्दो छ।

श्रीमानले पैसा कमाउन नसक्दा सासु-ससुराबाट अपहेलना र घृणा सहनु परेको छ।यस्तै -यस्तै तितो यथार्थलाई गीतले मीठो शब्द मार्फत प्रस्तुत गरेको छ।यस गीतमा चर्चित गायक गिरीकै स्वर रहेको छ भने महिलातर्फ गायिका निस्मा पोख्रेलले आवाज दिएकी छिन्।

स्वयं गायक गिरीकै शब्द श्रीजना रहेको यस गीतमा सर्जक मदन पोखरेलले संगीत भरेका छन्।नरेश पाण्डेले संगीत संयोजन गरेको गीति सङ्ग्रहमा बिस्नु भट्टराईले निर्देशन गरेका छन्।

यस गीतको म्युजिक भिडियोमा कलाकारहरु राम अर्याल,सुमी घर्ती ,निस्मा पोख्रेल,चिरन बराल,कृष्ण थापा,नारायण नेपाल,मधु पन्थ,चिरण पन्थ,सन्जय सौगात र सुनिल थापाको बेजोड अभिनय देख्न पाइन्छ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु