नेपालमा कोरोना संक्रमित थपिने क्रम रोकिएन,संक्रमित संख्या ६६ हजार भन्दा बढी

नेपालमा आज मात्रै १ हजार ३५६ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ८२३ जना संक्रमित निको भएर घर फर्किएका छन्।

अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ४८ हजार ६१ पुगेको छ।थप २ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ४२९ पुगेको मन्त्रालयले जनाएको छ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु