एकाबिहानै आँखा झिमिक्क हुँदा परिवारै बगे, जागै बस्ने यसरी फिल्मी शैलीमा भागेर बाचे

गीरबहादुर दुहुन बाहन गर्न ब्यस्त हुँदै थिए। श्यामकला क्षेत्री खनाल कुँडो–पानी गर्दै थिइन्। घडीले बिहानको साढे ५ बजाइसकेको थियो।

श्यामकला दाउरा लिन कटेरोतिर जाँदै थिइन्। माथिबाट गड्याङ र गुडुङ गर्दै केही खसेजस्तो सुनिन्!दाउरा त्यहीँ फालेर चिच्याउँदै घर पुगिन्। छोरीहरुलाई बोलाइन् र नाती च्यापेर भागिन्।

गिरबहादुर र छोरीहरु पनि उनकै पछि लागेर आँगनमा निस्कँदा पहिरो गोठसम्मै आइपुग्यो । उनीहरु चिच्याउँदै बारीतिर भागे र बचे।उनीहरुसँगै त्योभन्दा माथिल्लो घरका मान्छे पनि उसै गरी बारीतिर भागे।

तर, सबैभन्दा माथिल्लो सानी परियारको घरतिरबाट न कुनै आवाज आयो न कोही बारीतिर आए। केहीबेर पछि अरु मान्छेहरु पनि आइपुगे।उनीहरुले पछि बल्ल थाहा पाए, आफ्नो गोठसम्म आइपुगेको पहिरोले त सानी परियारको घरै पुरेको रहेछ।

‘पहिरोजस्तो लाग्नेबित्तिकै सबलाई चिच्याउँदै बारीतिर भागें। हामी त्यो ठाउँमा जम्मा ३ घर छौं। २ घरमा मान्छे बाहिर निस्के,’ श्यामकलाले भनिन्, ‘माथ्लो घरका मान्छे त बाहिर निस्कनसमेत भ्याएनछन्।’

बर्खा सुरु भएपछि अरुकै घरमा बसेर फर्किएका थिए।

स्थानीयस्याङ्जा वालिङ नगरपालिका वडा नम्बर १५ तमादीमा बिहीबार बिहानै आएको पहिरोले सानी परिवारको घरका ९ जनाको ज्यान लियो भने १ जना घाइते छिन्। ३ घरमात्र रहेको यहाँका वासिन्दा बर्खायाममा पहिरोको डरले २/३ महिना अरुकै घर बसेर फर्किएका थिए।

‘घरमाथि सडक खनेदेखि साना–साना पहिरो खसिरहन्छन्। यो वर्ष अझै धेरै पहिरो खस्न थालेपछि ३ वटै घरका हामी अरुकै घर गएर बर्खा कटाएर फर्किएका थियौं,’ श्यामकलाले भनिन्, ‘तर, एकाबिहानै कसैको परिवारै सखाप पारिदियो, कसैलाई गाउँमै बस्न नसक्ने गरी तर्साइदियो।’

स्रोत :भ्वाइस समाचार

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु