Covid-19
City Express

कोरोना लागेको व्यक्तिलाई घृणा हैन कि हौसला प्रदान गरौ

मनैदेखि सहयोग गरौ,संकीर्ण भाव नराखौ

कोरोना सायदै यो शब्द नसुनेको वा नजानेको विरलै मानिस होलान्।यो शब्द देखि धेरै मानिस बेचेन छन्।अझ भनौ निरास र हतास देखिन्छन्।

हुन पनि यतिखेर विश्वनै कोरोना संक्रमणबाट थलिएको छ।लाखौ मानिसको कोरोनाकै कारण ज्यान गयो।कतिपय परिवार बिहिन् भए भने कतिपय निरिह जस्तै भए।अवस्था सोचेजस्तो ठ्याक्कै अनुकुल त छैन।

कोरोना संक्रमण हुनबाट बच्नु र बचाउनुनै अहिले पहिलो आवश्यकता हो।खासगरी कोरोना सम्बन्धि मानिसको दृस्ठिकोणमा परिवर्तन हुनु जरुरी छ।कोही मानिसलाई कोरोना लागिहाल्यो,भनौ कोरोना संक्रमण देखियो।

यो भन्नेवित्तिकै वा सुन्नेवित्तिकै संक्रमितसँग बोल्नै नहुने,नकारात्मक दृस्ठिकोण राखिहाल्ने जुन परिदृश्यको निर्माण भैराखेको छ।यो सोच र चिन्तनमा परिवर्तन हुन जरुरी छ।सुरक्षाका न्यूनतम आधारलाई अपनाएर कम्तीमा संक्रमित व्यक्तिलाई ढाड्स दिनु आवश्यक छ।

यो रोग व्यक्तिले गलत कार्य गरेर वा दुरनियत राखेर सृजना भएको रोग हैन।हामी आफैं संक्रमित व्यक्तिलाई उपहास गरेउ भने उसको मनमा नैराश्यता छाउछ।उसको व्यक्तिगत आँट र शक्तिमा पनि ह्रास आउछ।

घरमै परिवारका सदस्य ,आफन्त वा साथिभाइलाई यो रोग सम्बन्धि कुनै लक्षण देखा परेमा हतास नहोउँ।नजिकैको अस्पताल वा स्वास्थ्य चौकिमा पुर्याएर चेकचाज गरौं।कोरोना पोजेटिभनै अस्पतालबाट रिपोर्ट आएपनि धर्ती फाटेजस्तो नगरौ।सम्बन्धित व्यक्तिलाई हौसला प्रदान गर्नु पनि उपचार गरेसरह मानिन्छ।

सबैभन्दा बढी विदेशमा भएका नेपालीले समस्या झेलेको देखिन्छ।खानपान,समुहको बसाइँ ,काम गर्ने कम्पनीको कारणले जटिलता उत्पन्न भएको देखिन्छ।

कोरोनाकै कारण एक जना नेपालीले भोगेको पीडा यहाँनीर प्रस्तुत गरिएको छ:

बझाङका हेम बहादुर ओली कतारको दोहास्थित कपडा उत्पादन गर्ने कम्पनीमा  काम गर्दै आइरहेका थिए।५ महिना अगाडि कम्पनीमा काम गर्ने क्रममा उनलाई सामान्य रुघाखोकी लागेको थियो।

उनी साधारण अवस्थामानै थिए।उनको मनले मानेन र उनी परिक्षणका लागि अस्पताल पुगे।चेक गरेको २४ घण्टापछि अस्पतालबाट फोन आयो। फोनमा भनियो”तपाईलाई कोरोना पोजेटिभ छ”।उनी आत्तिए नजिकैको साथीलाई भने रिपोर्ट पोजेटिभ आयो भनेर।

साथी खबर सुन्दा बित्तिकै अचम्म पर्यो।उ बाहिर गएर आउछु भनेको मान्छे अबेरसम्म आएन।उनी अर्को फ्ल्याटमा बस्ने साथिहरुलाई खबर गर्न गए तर ढोकै खोलेनन्।उनीसँग साथीभाइ नजिक पर्ने भन्दा पनि बोल्न समेत आएनन्।

एक्लै कोठामा कतिपटक रोए ,कति पीडा खेपे लोखाजोखा छैन,” भन्छन् ओली”।यो त एउटा उदाहरण हो। आज अर्कोलाई कोरोना लागेको छ भनेर सुनिरहँदा कुनै दिन आफुलाई पनि उक्त रोग लाग्न सक्छ।कृपया कोरोना लागेको व्यक्तिलाई हौसला प्रदान गरौ ताकी घृणा नगरौं।संक्रमितलाई छुट्टै सुरक्षित क्वारेन्टाइन हुन जरुरी छ।सुरक्षामा ध्यान दिउँ ,बचौ र बचाउ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु