Covid-19
City Express

एनआरएनए चौथो अफ्रिका क्षेत्रीय बैठक जाम्बियाको लुसाकामा हुने

एनआरएनए चौथो अफ्रिका क्षेत्रीय बैठक जाम्बियाको लुसाकामा हुने भएको छ।

आज सम्पन्न अफ्रिका स्थित एनआरएनए राष्ट्रिय समन्वय समितिका अध्यक्ष र पदाधिकारीहरुको जूम बैठकले चौथो एनआरएनए अफ्रिका क्षेत्रीय बैठक बर्तमान कोरोना संकटको कारणले डिसेम्बर २०२० को सट्टा आगामी अप्रिल २ र ३ तारिख , २०२१ मा जाम्बियाको राजधानी लुसाकामा भौतिक उपस्थितिमा आयोजना गर्ने निर्णय गरेको हो।

बैठक आयोजना गर्न अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाको संयोजकत्वमा एक आयोजक समिती गठन गर्ने समेत निर्णय गरियो। बैठकमा अफ्रिकामा नेपालीका समस्या , अफ्रिकाबाट नेपालमा रेमिटान्स र लगानी , अफ्रिकाको स्वास्थ्य समस्या , नेपाली साहित्य र संस्कृति , अफ्रिकामा नेपाली महिलाको समस्या र मानव तस्करी लगायतका विषय माथी विभिन्न सेसनहरु आयोजना हुनेछन।

त्यसै गरि अफ्रिका स्वास्थ्य संयोजक डा सरिता पान्डेको प्रस्ताव अनुसार अन्तर्राष्ट्रिय स्वास्थ्य समितिको सहयोगमा अफ्रिकामा नेपाली हरुको स्वास्थ्य स्थिती माथी निकट भबिस्यमा नै एक कार्यक्रमको आयोजना गर्ने निर्णय गरियो।

बैठकले अफ्रिकाको मरिशस र आइभोरी कोस्टमा बढदो नेपालीको संख्या र समस्यालाई ध्यान राख्दै एनआरएनए एनसीसी गठन गर्न पहल गर्ने निर्णय गरियो।

साथै अफ्रिकामा अझै पनि मानव तस्करी बढदै गइरहेको र तस्करी बाट पीडित नेपालीहरुको समस्या बढदै गइरहेकोले त्यसको निराकरणका लागि नेपाली दूतावास र नेपाल सरकार सङ्ग समन्वय गरि प्राथमिकता का साथ आबश्यक कार्य गरिने समेत निर्णय गरियो।

एनआरएनए अफ्रिकाका क्षेत्रीय संयोजक रोशन थापाको अध्यक्षतामा सम्पन्न बैठकमा घाना , युगान्डा , तान्जानिया , केन्या , सेसेल्स , कङ्गो , जाम्बिया र दक्षिण अफ्रिकाका अध्यक्षहरुका साथै एनआरएनएका पुर्ब कोषाध्यक्ष हिक्मत थापा , अफ्रिका हेल्थ संयोजक डा . सरिता पान्डे लगायत एनआरएनएका पदाधिकारी हरुको समेत उपस्थिति रहेको थियो।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु