Covid-19
City Express

अस्वस्थ समाजको उपज हो बलात्कार

बलात्कारका घटना बढ्दै्,नियन्त्रणमा कमि आएन

बलात्कारका घटनाहरु दिनानुदिन बढ्दै जाँदा समाजको विकृतिको रूपमा उजागर हुन थालेको महसुस भएको छ। सभ्य समाज, अनुशासित नागरिक र व्यवस्थित सभ्यता यि समाज विकासका आधार हुन्। तर पछिल्लो समय समाजमा विकृति बढ्दै जाँदा सभ्य समाज र मर्या्दित पुरुष माथि नै प्रश्न चिन्ह उठ्न थालेको छ।

बलात्कारका घटनाहरु केबल आधुनिक युगको उपज मात्र अवश्य होइन। इतिहासलाई हेर्ने हो भने पनि प्राचिनकालदेखिनै बलात्कार घटना हरु हरेक समाज र संस्कृतिमा घट्दै आएको पाइन्छ।

तर प्राचीन समयमा भन्दा यो आधुनिक समयमा निकै बढेको पाइन्छ आखिर किन………?

समय परिवर्तनशिल छ। तर त्यही समयलाई आत्मसात गर्ने हामीहरु भने अझै प्राचीनकालमा हराइरहेका छौं। हो, परम्परागत सोचमा कुनै परिवर्तन भएको छैन।

हेर्नुहोस त बलात्कार मात्र नभएर महिला हिंसाका दर्दनाक ती घटनाहरु प्रशस्त घटिरहेका छन्। अझै पनि हाम्रो समाज अन्धविश्वासको कुरतिमा फसेको छ। दाईजोको कारण कठोर यातना दिइने।

बोक्सीको आरोपमा मलमुत्र खुवाउँदै जिउदै जलाउने देखि, चेलीबेटी बेचबिखन, यौनशोषण अनि बलात्कारजस्ता जघन्य अपराधिक घटनाहरु बाट यो समाज अझै पनि अछुतो रहन सकेको अवस्था छैन। यी घटनाहरुबाट नेपाल मात्र होइन विश्वनै आक्रान्त भएको अवस्था छ।

हिजो आज दिनहुँ जस्तो बलात्कार घटनाका विषयमा रेडियो टेलिभिजन अनि पत्रपत्रिका र सामाजिक सञ्जालदेखि सडक हुदै सदनसम्म निकै प्राथमिकताकासाथ कुरा उठेको सर्वबिदितै छ।

जब पर्यो राती तब बुढी ताती

माथी उल्लेखित उखान हाम्रो  समाजमा अत्यन्तै लोकप्रिय रहेको अवस्थाछ। हो जब यहाँ,बोलि नफुटेका नाबालिका,अपाङ्ग,अशक्त,वृद्धा अनि सुत्केरी हरु बलात्कृत हुन्छन्। तब यहा रेडियो एफ.एम देखि टेलिभिजन अनि सडकदेखि सदनसम्म बहस सुरु हुन थाल्छ।कानुन माथि  खोट देखिनथाल्छ।

संचारमाध्यमदेखि सामाजिक सञ्जालसम्म मृत्युदण्ड र आजीवन सजायका मागहरु आउन थाल्छन्। आखिर किन हामी यतिसाह्रो मौसमी बक्ता बनिरहेका छौ। हो हामीलाई यी र यस्ता कुराहरु उठाउनको लागि दिन कुरेर बस्ने बानी परेको छ। विशेष दिन पारेर विरोध जनाउदैमा, बहश गर्दैमा यस्ता आपराधिक घटनाहरु अन्त्य हुन्छ भन्न सकिदैन। यहाँ एकदिने बहस र कार्यक्रमहरु होइन दैनिक  हुन जरुरी छ।

यसरि एकातिर सञ्चारमाध्यमदेखि सामाजिक सञ्जाल हुँदै सडकदेखि सदनसम्म मृत्युदण्ड र आजीवनकाराबासको सजाय  थपगरी कानुन बनाउनुपर्छ भन्ने कुरा घन्किरहँदा अर्को्तिर – के कडा कानुनहरु  बनाएर मात्रै अपराधहरु  कम हुन्छन्। वा घट्न सक्छन् त,,,,,!

के कडा कानुन नभएको कारणले गर्दानै यहाँ जगन्य अपराधहरु घटिरहेका छन् त…….?

यश  विषयमा  प्रश्न चिन्ह खडा भएको छ।
सबै अपराधहरु कानुनले नै अन्त्य गर्छ भन्न चाहिँ सकिँदैन। किनकि हामी विश्वलाई निहाल्न पनि सक्छौं जहाँ अपराधको बदलामा मृत्युदण्ड सजाय दिने देशहरू पनि छन्।

उक्त देशहरुमा पनि बारम्बार अपराधिक घटनाहरु बलात्कार र महिला हिंसाका घटनाहरु पनि भइरहेको  देखिन्छ।  तर किन हुन सकेन त्यहाँ अपराधिक घटनाको अन्त्य ……..?

हामी हेर्न सक्छौ कुनैपनि अपराधिक घटनामा संलग्न कुनै व्यक्ति सजाएको रुपमा वर्सौ कारागार  बस्छ। उक्त सजाय भोगेर बाहिर निक्लिसके पछि पनि पुनः अपराधिक घटनामा संलग्न हुन्छ आखिर किन…………?

मैले यसो भन्दै गर्दा मा कानुनको बर्खिलाप गर्न खोजेको चाहिँ अवश्य छैन। हो कानूनहरु कडाभन्दा कडा बन्नुपर्छ! कानून सम्झनेबित्तिकै अपराधीहरु झस्किने हुनुपर्छ। अपराधीहरुलाई विभेदमुक्त तरिकाले सजाय लागु गर्नुपर्छ। तर अहिलेसम्म भएका सबै अपराधिक घटनाहरु कडा कानुनहरु नभएर घटेका हुन् भन्न  अलिकति न्यायचित नहुन पनि सक्छ।

हो राज्यले सुरक्षाको प्रत्याभूति दिलाउन सक्नुपर्छ। यसो भन्दैमा सम्पूर्ण दोषहरु राज्यलाई थुपार्नु  बुद्धितर्क कुरा हुन सक्दैन ! जबसम्म हाम्रो सोच अनि समाज बदल्न सक्दैनौं तबसम्म जस्तोसुकै कडा कानुन बने पनि अपराधको अन्त्य हुन सक्दैन।

“भनिन्छ सन्सार बदल्नु छ भने “आफैबाट शुरुवात गर्नुपर्छ”

आज म, तपाई अनि हामी सबैको मनमा सकरात्मक सोचको विकास भयो भने यी र यस्ता घटनाहरु सदाको लागि अन्त्य हुनसक्छ। यसरी दिन प्रतिदिन बलात्कारका घटनाहरु एकपछि अर्को घटिरहँदा हामी बलात्कार सम्बन्धी प्रत्येक दिन गम्भीर बहस गर्न आवश्यक छ।

आखिर के हो  बलात्कार,,,,,?

सबैले सरल तरिकाले बुझ्ने अर्थमा भन्नुपर्दा बलजफती वा बलपूर्वक यौन सम्बन्ध स्थापित गर्नुलाई बलात्कार भनिन्छ। जब कुनै पनि व्यक्तिलाई योजनाबद्ध रूपले बलजफ्ती नसालु पदार्थ सेवन गरेर वा गराएर विपरित लिङ्ग प्रति यौनक्रिया गर्दछ भने त्यसलाई बलात्कार मानिन्छ।

बलात्कारलाई  सामान्यतया दुई तहबाट हेर्न सकिन्छ बलजफती नशामा लठ्ठिएर बिना मन्जुरी डर धम्की दिँदै विपरीतलिङ्गीसँग यौनक्रिया गर्छ भने  त्यसलाई व्यक्तिगत बलात्कारको रुपमा लिन सकिन्छ। भने एक वा एकभन्दा बढी व्यक्तिले बलजफती यौनक्रिया गर्छ भने त्यसलाई सामुहिक बलात्कारको रुपमा लिन सकिन्छ।

पछिल्लो समय इच्छाविपरीत श्रीमानले श्रीमतिसँग यौन सम्बन्ध राखेको आरोपमा  पनि जाहेरी दिएका घटनाहरू पनि आउन थालेका छन्। यदि आफ्नै श्रीमानले पनि श्रीमतीको मन्जुरीबिना जबर्जस्ती यौनसम्पर्क गर्छ भने पनि त्यसलाई  वैवाहिक बलात्कार मानिन्छ। त्यो पनि अपराध नै ठहरिन्छ।

पछिल्लो समय कतिपय घटनाहरुले  बलात्कार शब्द पनि आफैमा भद्दा बन्दै गएको अवस्था छ। (चित्तबुझे “रोमान्च“ चित्त नबुझे बलात्कार) यस्ता घटनाहरु पनि  सुनिन  थालेका छन्। हो आपसी सहमतिमा यौनसम्पर्क भएपनि पछि बलात्कारको आरोप लगाउने र बार्गे्निङ गर्ने क्रम समेत उत्तिकै बढेको छ।

केही मानिसहरु नियतवश नै सुरुमा राजीखुसीमा यौनसम्पर्क गर्ने अनि पछि बलात्कारको आरोप लगाएर कमाइखाने भाँडो बनाउने गरेको समेत पाइएको छ।
बलत्कार जस्तो जघन्य अपराध गर्नेलाई उन्मुक्ति कदापि दिनु हुँदैन तर  नियतवश बलात्कारको आरोप लगाउनु पनि जगन्य अपराध भित्रनै पर्छ। यस्ता व्यक्तिहरुलाई पनि कानुनको दायराभित्र ल्याउनु पर्दछ।

मलाई लाग्छ बलत्कारका घटनाहरु दिनप्रतिदिन बढ्नुमा मुख्यतया तीन पक्षहरू दोषी देखिन्छन्।

१. राज्यले सुरक्षाको प्रत्याभूति गर्न नसक्नु २.पीडक व्यक्तिमा बलात्कारी मानसिकता हावी हुनु ३.पीडित व्यक्तिले आत्मरक्षाका लागि पूर्व सावधानी नअपनाउनु।

कानुनी व्यवस्था 

महिला हरुले आफ्नो जीवनमा जुनेैसुकै समयमा भएको बलात्कारको जहिले पनि मुद्दा दर्ता गर्न पाउनुपर्छ भन्ने अन्तर्रा्ष्ट्रिय मान्यतामा आधारित रहेर नेपाल सरकारले पनि केही वर्ष अगाडि बलात्कारविरुद्धको कानुन केही परिमार्जन गर्यो। जसअनुसार बलत्कार घटना दर्ताको समयको सीमितता ३५ दिन बाट बढाएर ६ महिना बनाएको छ। जस अनुसार बलत्कारलाई दिने सजाय :

१० वर्षमुनिको बाल बालिकालाई बलात्कार गरेको रहेछ भने १० देखि १५ वर्षसम्म कैद

१० बर्ष देखि माथि १४ वर्ष देखि मुनीको बालिकालाई बलात्कार गरेको रहेछ भने   ८ देखि १२ वर्षसम्म कैद

१४ वर्ष देखि माथि १६ वर्ष देखि मुनिको बालिकालाई बलात्कार गरेको रहेछ भने ६ देखि १० वर्षसम्म कैद

१६ वर्ष देखि १९ वर्ष सम्मको महिलालाई बलात्कार गरेको रहेछ भने ५ देखि ८ वर्षसम्म कैद

२० वर्षदेखि माथिको महिलालाई बलात्कार गरेको छ भने ५ देखि ७ वर्षसम्म कैद

यदि गर्भवती महिलाको बलात्कार गरेको छ भने थप ५ वर्ष कैद ।

यदि श्रीमानले श्रीमतीको मन्जुरीबिना बलजफती यौनकार्य गरेको छ भने त्यसलाई पनि वैवाहिक बलत्कार मानिन्छ! र यसलाइ पनि ३ देखि ७ महिनासम्म कैद सजाए गरिएको छ।

यदि बलात्कार गरिसकेपछि महिला भाग्न उम्कन सक्ने अवस्था नभई  बलात्कारबाट बच्न आफ्नै अस्तित्व बचाउन प्रतिकार गर्दा बलत्कारीको मृत्यु हुन गएमा ज्यानमाराको बाद लाग्दैन।

कानून नभएका होइनन् प्रशस्त छन् । तर कानुनले मात्र सबै अपराधको अन्त्य गर्न सक्दैन।मलाइ लाग्छ दण्डसजाय बलात्कारको एकमात्र साधन अवस्य होइन। तर पनि दण्डसजायले केहि हदसम्म भएपनि बलात्कारका घटना हरु न्यूनीकरण गर्न सक्दछ।

यी र यस्ता घटनाहरु बारम्बार घटी रहनुको पछाडि कानून मात्र होइन तपाईं हाम्रो समाजमा हुर्किरहेको बेथिति र अस्वस्थ समाजको उपज पनि हो। तर त्यो हामी किन बुझ्न सकिरहेका छैनौं। हो अपराधिक गतिविधिमा संलग्न अपराधी तपाईं हाम्रो परिवारको कुनै सदस्य हुन पनि सक्छ। तर त्यस्तो अपराधीलाई तपाई हामीले नै संरक्षण गरेर राखेका हुन्छौ।

बलात्कृत महिलालाइ  हामी  बिचरा भन्छौं तर  सहजरुपमा स्वीकार्न सक्दैनौ। जसले गर्दा हाम्रो समाजमा कुनैपनि महिला आफूलाई बलात्कार भयो भनेर सजिलै व्यक्त गर्न सक्दैन। यदि कसैले भन्ने साहस गर्नु भनेको आफु समाजबाट अपमानित हुनु हो। न्यायको नाममा अन्याय सहनु हो।

सामाजिक जीवन अपहेलित भएर बाँच्नु हो। जीवनभरि स्थापित नभै विस्तापित हुनु हो।समाजमा यस्ता विवेकहीन  मनो प्रवृति र सरकारी संयन्त्रको कमजोरी र कानूनी  छिद्वताको  फाइदा उठाउँदै दिनप्रतिदिन यस्ता बलात्कारी यौन पिपासुहरु जन्मिरहेका छन्।

अन्त्यमा 

बलात्कारका बर्बर घटनाहरु ले आज पुरै देश लज्जित भएको छ। अबोध बालिका र महिलाहरुमाथि भएका बलत्कारका घटना यति बिभत्स छन्। कि सुन्दा पनि आङ जिरिङ्ग हुन्छ।  यस्ता अमानवीय कार्यले महिलाहरूको आत्मसम्मानमा चोट पुगेको छ।

जसले गर्दा समाजमा विश्वसनीयता हराएकै हो कि भन्ने कुरा जस्तो भान पर्न थालेको छ। हो एकले अर्कोलाई विश्वास गर्न  नसकिने  अवस्था सिर्जना पैदा हुन थालेको छ। कंचनपुरकी निर्मला पन्थको बलात्कारपछि हत्या भयो।तर अपराधी अझै पत्ता लाग्न सकेको छैन।यस्ता घटनाहरुले बलात्कार गर्ने व्यक्तिलाई उक्साइरहेको पाइन्छ ।

बलात्कारपछि

हाम्रो समाजमा अनेकौ समस्याहरु छन्। तर चुनौतीबारे सद्भाव ढङ्गबाट कसरी निराकरण गर्ने भन्ने कुरा हो। यहाँ राज्यले के गर्छ।भन्दा पनि हामीले के गर्न सकिन्छ भन्ने कुरा हो। जबसम्म समाज परिवर्तन हुन सक्दैन तबसम्म जस्तोसुकै नियमकानुन भएपनि अपराधको अन्त्य गर्न सकिँदैन।

तसर्थ हामी सबैले आफूभित्र लुकेको विकृतिलाई छोडी एक मानवीय भावनालाई आत्मसात गरी वास्तविकतालाई स्वीकार्दै कुसंस्कारलाई निरुत्साहित गर्दै सभ्य समाजको परिकल्पना गर्नुपर्दछ।

नारीको सम्मान र मर्यादाबिना सभ्य समाजको कल्पना गर्न सकिँदैन । तसर्थ समाजलाई परिवर्तनको बाटोमा डोर्याउन सकरात्मक दृष्टिकोण राख्नुपर्दछ।

 

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु