Covid-19
City Express

गितकार यशु थापाको गीति सङ्ग्रह “नाम” सार्वजनिक

नेदरल्यान्ड्सकी चेली बर्षाको ससक्त अभिनय

“मैले लेख्ने गजलहरुमा तिम्रो नै नाम थियो,
तिमी बस्ने सहरहरुमा, मेरो नै बदनाम थियो “

गीत तथा भिडियो सार्वजनिक कार्यक्रममा प्रमुख अतिथी बेनेलक्सका लागि नेपाली राजदुत महामहिम लोक बहादुर थापाले गितकार यशु थापाको गिती एल्बम “नाम “ १० नोभेम्बरका दिन सार्वजनिक गर्नुभएको छ।

नेपाली कला, साहित्य र संस्कृतिलाई जीवन्त राख्नका लागि बेल्जियमबाट कला साहित्यिक छेत्रमा योगदान दिदै आउनुभएकी थापाको बिभिन्न गजल सहितको साँगितिक एल्बम सार्वजनिक गरिसक्नुभएको भएको छ।

उहाको पहिलो एल्बम “ गितान्जलि” सार्वजनिक पछि दर्शक र श्रोताले अत्याधिक मन पराईदिएकाले उत्साहित भएर दोस्रो साँगितिक एल्बम “ नाम “ सार्वजनिक गर्नुभएको हो।

नेपाल र भारतका बिभिन्न ठाउँहरुको मनमोहक दृश्यहरु कैद गर्दै छायाँकन गरिएको सांगीतीक एल्बममा राजसागर र सुरज थापाले संगीत दिएका छन भने आनन्द कार्की, अन्जु पन्त, निशा देशार, सुरज थापा र राज सागरको स्वर रहेको छ।

एल्बममा ५ वटा गितहरु रहेका छन भने गीताकार स्वयं यशु थापा, राज सागर र नेदरल्यान्ड्सकी चेली कलाकार बर्षा खड्का लगायतको ससक्त अभिनय रहेको छ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु