Covid-19
City Express

नेपालमा बुधबार थपिए १ हजार ४४२ कोरोना संक्रमित,कुल संख्या झन्डै २ लाख १३ हजार पुग्यो

नेपालमा बुधबार १ हजार ४४२ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ५३८ जना संक्रमित निको भएर घर फर्किएका छन्।

अहिलेसम्म निको हुनेको संख्या १ लाख ८२ हजार ७८० पुगेको छ।थप १२ जनाको कोरोनाका कारण मृत्यु भएको छ। योसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२५९ पुगेको मन्त्रालयले जनाएको छ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु