Covid-19
City Express

कोरोना महामारीमा नेपालीहरुलाई महात्वपुर्ण सहयोग गरेको भन्दै एन.आर.एन.ए.साईप्रसद्धारा विभिन्न समाजिकसघंसस्थालाई सम्मान

विश्वब्यापी कोरोना महामारीबाट युरोपमै सबै भन्दा प्रभावित साईप्रसमा रहेका नेपालीहरुलाई राहत वितरण कार्यक्रममा सहकार्य गर्ने विभिन्न समाजिक सघंसस्थाहरुलाई गैर आवासीय नेपाली सघं साईप्रसले गत आईतवार सम्मान गरेको छ ।

एन.आर.एन.ए. साईप्रसका उपाध्यक्ष अन्तेश राउतको अध्यक्षता एवमं नेपाली होनरी कन्सुलेट साईप्रसका प्रमुख डा. रामजिवन पन्जियरको प्रमुख अतिथ्यतामा कोरोना महामारीले गर्दा साईप्रसमा रहेका विद्यार्थी एवमं केही श्रमिकहरुमा खाना लगाएतको समास्यामा परेकाहरुलाई आपतकालिन राहत वितरणमा एन.आर.एन.ए.साईप्रसको संयोज्कत्वमा सहभागि विभिन्न समाजिक सघंसस्था एवमं समाजिक कार्यकर्ताहरुलाई सम्मान गरिएको हो ।

एन.आर.एन.ए. साइृप्रसका महासचिव कृप थापाको संचालन तथा एन.आर.एन.ए. युवा संयोजक कुन्दन कार्कीको स्वागतमा भएको सम्मान कार्यक्रममा प्रबासी नेपाली एकता मञ्च साइप्रस ,तमु समाज साइप्रस, चितवन सेवा समाज साइप्रस, संघिय लिम्वुवान सामाजिक मञ्च साइप्रस, नेपाल तामाङ घेदुङ साइप्रस , ह्योल्मो एकता समाज साइप्रस , नेपाल मगर संघ, किराँत राई यायोक्खा साइप्रस,किरात याक्थुङ चुम्लुङ साइप्रस,राष्ट्रिय जनमुक्ति मन्चं साइप्रस,तामाङ बौद्ध महासंघ साइप्रस , शेर्पा किदुक साइप्रस , ब्रिटिस नेपाली सेना साईप्रस लगाएत सघंसस्थाहरुलाई सम्मान गरिएको छ ।

यस्तै राहत वितरण कार्यक्रममा विशिस्ट योगदान पुर्याउने खगेन राना मगर ,राजन श्रेष्ठ, ईश्वर थापा,तेज राना ,छिरिङ तामाङ,धना गुरुङ ,नानू गोम्जा तामाङ ,पुरन मगर, दर्शन मगर,दिपेन गुरुङ,केशब ठकुरी,नरेश साह,विशाल शाहा,सबि भण्डारी,विजय श्रेष्ठ,जमुना बस्नेत,हरिस जोशी, पत्रकारहरु दिनेश गौतम र समिम मिया,सरोज खड्का र डम्मर बहादुर खड्का लगाएतलाई पनि प्रमुख अतिथि डा. पन्जियारले सम्मान गर्नु भएको थियो ।

कार्यक्रममा एनआरएनएका महासचिव कृप थापाले बिश्वमा कोरोना भाइरस महामारीको विषम परिस्थितिमा राहत वितरण कार्यक्रमको उद्देश्यको प्रस्तुतिको रूपरेखा राहत वितरणको कार्ययोजन,एनआरएनए साइप्रसले सबै संघ संस्थालाई एकताको लागि अपिल,सहयोगी संस्थाहरु एकता, सहयोगी संस्था र प्रतिनिधि नामहरु,कानुनी प्रक्रिया ,राहत सामाग्री र स्वीकृति,नेपाली राजदुतावास इजरायल स्वीकृति पत्र, साइप्रस सरकारको स्वीकृति पत्र,आर्थिक सहयोग संकल,यातायात व्यवस्थापन र राहत सामाग्री जुटाउन विभिन्न खाधान्न जम्मा गर्दैको तयार,पोका पुन्तरा तयारी, राहत बितरण सुरु गरीएका केहि फोटोहरु,चुनौतीहरु र सिकाई बिषयबस्तु प्रस्तुत गर्नु भएको थियो । सम्मान कार्यक्रममा गैरआवासीय नेपाली सघं साईप्र्रससगं समन्वय गर्ने सबै समाजिक सघंसस्था एवम नेपाली समुदायहरुले देखाएको विश्वासले एन.आर.एन.ए.साईप्रस युरोपमै उत्कृष्ट भएको र सम्पुर्ण सहयोगी हातहरुलाई अगामी दिनमा पनि आपसी नेपाली एकता अझै मजबुत बनाउनुपर्ने एन.आर.एन.ए साईप्रसका प्रमुख संरक्षक सुबास मल्लले आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा एन.आर.एनएसाईप्रसका सल्लाहकार सुरेश शाह , विभिन्न समाजिक सघंसस्थाका प्रतिनिधि एवमं समाजिक कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । साईप्रसमा रहेका समाजिक सघंसस्था र केही समाजसेबीले अपतकालिनमा गरेको सहयोग उच्च मुल्यांकन गरेको भन्दै आफु गर्ब महसुस गरेको प्रमुख अतिथि कन्सुलेट डा. पन्जियारले बताए ।
यसै विच ह्योल्मो एकता समाज साइप्रसले कोरोना महामारीमा महात्वपुर्ण योगदान गरेको भन्दै फिल्डमा खटिएका एन.आर.एन.ए महासचिव कृप थापा र प्रमुख संरक्षक सुबास मल्ललाई सम्मान गरेको छ ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु