Covid-19
City Express

मेरो पिएसओलाई कोरोना संक्रमण देखिएपछि निवासमै आइसोलेसनमा छु : विष्णु पौडेल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेल आइसोलेसनमा बसेका छन् । आफ्नो पिएसओमा कोरोना संक्रमण पुष्टि भएपछि आइतबार दिउँसोदेखि भैँसेपाटीस्थित निवासमा पौडेल आइसोलेसनमा बसेका हुन् ।

अब संक्रमणको सम्भावना हुने समयसम्म आइसोलेसनमै बस्ने महासचिव पौडेलले बताए । उनले भने, ‘मेरो पिएसओलाई कोरोना संक्रमण पुष्टि भएपछि दिउँसोदेखि नै म आइसोलेसनमा छु । जोखिम रहेसम्म आइसोलेसनमै रहन्छु ।’

महासचिव पौडेलले नेकपाभित्रको विवाद समाधानका लागि शीर्ष नेताहरुसँग परामर्श गर्दै आएका थिए । अन्य व्यक्तिलाई जोखिम हुनसक्ने भन्दै महासचिव पौडेलले पिसिआर टेष्ट गरेपछि पनि जोखिम रहने समयसम्म आइसोलेसनमै बस्ने तयारी गरेका छन् ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु