२०७७ पुस २८ गते मंगलवार | January 12, 2021

Bharat Poudel
Bharat Poudel

गृहपृष्ठ नेकपा प्रदेश २का संसाद मण्डल नै अन्र्तजातिय विवाहको बिरोधमा ,पिडित चमार न्यायको खोजीमा

नेकपा प्रदेश २का संसाद मण्डल नै अन्र्तजातिय विवाहको बिरोधमा ,पिडित चमार न्यायको खोजीमा

नेपालको दलित आन्दोलनको अगुवाई गरेको बताउने तत्कालिन नेकपा माओबादी र हालको नेकपा एक प्रदेश नेता अन्र्तजातिय विवाहको विरोधमा उभिएका छन ।

नेपालको सविंधानले बालिक बालिकाहरुको विचमा अन्र्तजातिय विवाहलाई समेत मान्यता दिएको अवस्थामा त्यही सविधानमा टेकेर प्रदेश सांसद बनेका नेकपा नेता रामचन्द्र मण्डलले अन्र्तरजातिय विवाहको विरोधमा उभिएका हुन ।

मण्डल प्रदेश न. दुईको प्रदेश सभासदस्य हुन । दलित आन्दोलनलाई निर्णयक बनाउन र दलित गैरदलित विचको भेदभाव अन्त्य गर्नका लागि समाजमा रचनात्मक भुमिका खेलेको हितैसि पार्टी बताउने नेकपाकै नेताको घरमा हुर्किएकी चेलीले दलित युवासगं प्रेम गरि बैधानिकरुपमा विवाह गरेपछि नेता मण्डलले त्यसको बिरोध मात्रै गरेका छैनन् बरु आफुलाई ज्यान मार्ने धम्की समेत दिएको ति युवाले गुनासो गरेका छन ।

पिडित युवाका अनुसार आफु र नेता मण्डलकी कान्छि छोरी २६ बर्षिय मनिता मण्डलसगं विगत ८ बर्ष बहिला देखि नै प्रेम सम्बन्धमा रहेको र २०७४ साल भदौ एक गते काठमाडौ जिल्ला अदालतमा कानुनी रुपमा विवाह गरेको बताएका छन ।

पिडित युवा धनुषा जिल्लाको तारापट्टि गाविस वडा न. ७ का २९ बर्षका बिपिन कुमार चमार महरा हुन भने चमारकी प्रेमिका मिथिलेश्वर ७ औरहीकी नेता मण्डलकी कान्छी छोरी हुन । पिडित चमारका अनुसार आफुहरु स्कुल पढदा देखि नै प्रेम सम्बन्धमा रहेको र उमेर नभएको कारण , आफनो खुट्टामा नउभिएसम्म विवाह नगर्ने बाचा गरेका थियौ , पछि हामी दुबै जना ईन्जिनियर पढाई सक्किएर विवाह गर्ने निर्णय गरे अनुसार आफुहरु गत २०७४ सालमा नेता लगाएत गाउको समाजको डरको कारणले काठमाडौ जिल्ला अदालतबाट कानुनी रुपमा विवाह गरेको बताए । पिडित चमारले केही बर्ष पहिला नेताले आफु माओबादीको ठुलो नेता भन्दै मेरो बुवाआमालाई भाडाको गुण्डा लगाएर कुटपिटि गराएर आफुलाई डराउन खोजेको र आफुहरुको प्रेम विवाहलाई समेत टुटाउन खोजेको बताए ।

चमारले आफु र आफनो प्रेमिका दुबै ईन्जिनियर पढाई गरेर बसेको बेला मेरो श्रीमति मनिता मण्डलका बुवा रामचन्द्र मण्डलले छोरीलाई १५ दिन पहिला फोन गरि काठमाडौबाट बोलाई आफु अहिले सांसद भएको बेलामा सरकारी जागिर दिन्छु भन्दै बोलाए पछि आफनो श्रीमतिसगं भएको मोबाईल सेट लगाएत आफुसगं कुराकानी गर्न बन्द गराएपछि आफु अन्यायमा परेको बताए ।

मेरी श्रीमतिले हिजो राति अरुको मोबाईलबाट लुकेर मलाई फोन गरि मेरो बुवाले तपाई र मलाई छोडाउन खोजेको र तपाईलाई ज्यान मार्नका लागि गुण्डा खटाएको बताए पछि आफु आफनो परिवार र प्रेमीकाको ज्यान जोगाउनका लागि राष्टिय मानवअधिकार अयोग , महिला आयोग दलित आयोग , चमार कल्याण समाज नेपालमा उजुरी समेत दिएको बताए । पिडित बिपिनका ५० बर्षिय बुवा जिवछ चमार अत्यन्तै गरिब भएकोले नेता मण्डलले राजनितिक शक्तिको आडमा आफनो छोरासगं बुहारीलाई अलग गर्न खोजेको गुनासो गरेका छन ।

उनका बुवाका अनुसार नेता मण्डलले अहिले आफनो बुहारी मनिता मण्डललाई घरमा बन्धक बनाएर आफु र आफनो छोरालाई अदालतमा विवाह किन गराएको भन्दै पटक पटक धम्की दिएको बताए ।

पिडित युवा चमार अहिले एकदमै असुरक्षित महसुस गरेको र यसरी चमार भएकै कारणले जतिय विभेदको अन्त्यका लागि लडेको नेता मण्डलले अन्र्तजातिय विवाह , चमार जातिहरुलाई घोर विरोध गरेको भन्दै पिडितहरुलाई न्याय दिलाउनका लागि सबै सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराएको चमार कल्याण समाज नेपालका केन्द्रिय संयोजक दिनेश चमारले जानकारी दिए । समाजका संयोजक चमारले मधेशको समाजमा पढेलेखेका चमार युवाहरुलाई यसरी राजनितिक पहुचको भरमा धम्की , अन्र्तजातिय विवाह टुटाउनु गैरकानुनी भएको भन्दै कडा शब्दमा निन्दा गर्दै नेता सांसद लगाएत पिडित युवाको पे्रमिका मनिता मण्डिललाई बन्धक बनाउनेहरुलाई कडा भन्दा कडा कारवाहकिा लागि माग गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु