Covid-19
City Express

यातना दिएर ‘विजय राम’को हत्या गर्ने प्रहरीलाई फाँसी दिन माग

प्रहरीले यातना दिएर दलित युवक विजय रामको हत्या गरेको भन्दै रौतहटको गरुडामा विशाल प्रदर्शन गरिएको छ । प्रहरी कार्यालय अगाडी करिब हजारौंको संख्यामा उपस्थित सर्वसधारणले हत्यारालाई फाँसीको माग गरेका हुन् ।

प्रदर्शनकारीहरुले प्रहरी कार्यालयका इन्चार्ज डिएसपी ज्ञानकुमार महतोलाई निलम्बन गर्न समेत माग गरेका छन् । प्रदर्शनका कारण केहिबेर अवस्था तनावग्रस्त बनेको थियो । प्रदर्शनमा सहभागिहरुले दलितमाथि निरन्तर भइरहेको आक्रमणप्रति आक्रोसित बनेको देखियो ।

गत साउन ३२ गते रौतहटको गरुडा नगरपालिका ८ जिगंडवाका २० वर्षीय निरञ्जन रामको घाटी रेटेर हत्या गरेको अभियोगमा राम पक्राउ परेका थिए । रामको उपचारको क्रममा बुधवार राति वीरगञ्जको नेशनल मेडिकल कलेजमा ज्यान गएको प्रहरीले जनाएको छ /

प्रहरीद्धारा हत्या गरिएका विजय राम चमारको हत्यारा नेपाल प्रहरीका डिएसपि ज्ञान कुमार महतो लगाएतलाई फासीको सजाय हुनुपर्ने विभिन्न दलित समुदायका अगुवाहरुले माग गरेका छन ।

नेपाल पुलिसले विजय चमारलाई बुट,करेन्ट लगाई हत्या गरेको कारण आफुहरु अत्ति नै दुखि भएको भन्दै अब न्याय दिलाउनका लागि आन्दोलन गर्ने चमार कल्याण समाज रौतहटका संयोजक एवमं दलित सघंर्ष समितिका संयोजक सोनेलाल चमारले जानकारी दिए ।

उता निरन्जन चमार , विजय चमारको हत्याराहरुलाई पक्राऊ गरि कारवाही नगरे लकडाउनलाई तोडदै तराई मधेश केन्द्रित विभिन्न दलित जातिय संगठनहरुले आन्दोलन चर्काउने नेपाल सरकारलाई चेतावनी दिएका छन ।

यस्तै भोली प्रदेश न. एक को राजधानी जनकपुरमा नेपाली पुलिस , नेपाल सरकारको विरुद्धमा दलित संघंर्ष समितिको नेतृत्वमा राष्टिय मुसहर समाज , खत्वे समाज , चमार कल्याण समाज लगाएत्ले प्रर्दशन गर्ने भएका छन ।

 

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु