Covid-19
City Express

रौतहटको चमार हत्याकाण्डको चमार कल्याण समाज आईसिसिद्धारा कडा अपत्ति

रौतहट जिल्लाको गरुणा नगरपालिकाका निरन्जन चमारको हत्याको केशलाई ईलाका प्रहरी कार्यलयले तोडमोड गरि अपराधिलाई बचाउन खोजेको प्रति चमार कल्याण समाजको अन्र्तराष्टिय समन्वय कमिटिहरु कडा अपत्ति जनाएका छन ।

निरन्जन चमारको हत्यामा संलग्न भएको अशकांमा केही निदोर्षहरुलाई फसाएर उनिहरुलाई नै सम्पुर्ण जिम्मेवारी लिनका लागि प्रहरी हिरासत भित्रै अत्याधिक कुटाईका कारण सोही ठाउमा विजय चमारको अवस्था अत्यन्त नाजुक रहेको चमार कल्याण समाज नेपाल पर्साका अध्यक्ष मनोज राम चमारले बताए पछि समाजको अन्र्तराष्टिय समन्वय कमिटिहरु अपत्ति जनाउदै यस्तो घृणित कार्य नगर्न नेपाल प्रहरीलाई अनुरोध गरेका छन ।

चमार कल्याण समाज अन्र्तराष्टिय समन्वय कमिटीको आज बुधवार भएको अनलाईन मिटिगंमा मृतक निरन्ज्न चमार , विजय चमारलाई नेपाल सरकारले उचित न्याए नदिए त्यसको कडा प्रतिकार गर्न र हत्या काण्डलाई फेरि संयुक्त राष्टसघं सम्म पुगाउने समाजका अन्र्तराष्टिय संयोजक अमिरी मोची चमारले बताए ।

मोचीका अनुसार आफुहरुलाई नेपाल सरकार , नेपाली गैर दलितहरुले अत्याधिक घृणा गरि बिभेद गरिरहेकोले अब यसको प्रतिकार गर्नुपर्ने बताउदै सारा दलितहरु प्रति भैरहेको हिसांलाई अन्र्तराष्टियकरण गर्न आफुहरु पछि नपर्ने चतावनी दिए ।

उता चमार कल्याण समाज मलेसिया शाखाका संयोजक नन्दलाल चमार , साउदी अरेवियाका संयोजक सुरन्द्र महरा , कतार संयोजक राम एकबाल महरा , दुबई संयोजक शम्भु महरा , साउथ कोरियाका सयांजक अर्जुन चमार , कुबेतका संयोजक धमेन्द्र कुमार चमार लगाएतले गरुणा प्रहरी प्रमुख ज्ञान कुमार महतोले जमिन्दारहरुसगं पैसा खाएको भन्दै राजिनामा दिनुपर्ने माग गर्नु भएको छ ।

अन्र्तराष्टिय संयोजकहरु देश र जनताहरुको सुरक्षाको जिम्मेवारी पाएको नेपाल प्रहरी यसरी जमिन्दारहरुबाट घुस खाएर गरिब दलितहरुलाई फसाउनु भनेको नलायकीपन देखाएको निष्कर्ष निकालेको छ ।

अनलाईन मिटिगं चमार कल्याण समाज नेपालका संयोजक दिनेश चमारको अध्यक्षता तथा सचिव गनेश चमारको संचालनमा भएको छलफलमा महिला उपाध्यक्ष बिना चमार , समाजका केन्द्रिय कोषाध्यक्ष सुरेन्द्र कुमार महरा चमार , सिरहा जिल्लाकी सह सयाेंजक एकलास देबि चमाईन लगाएतको उपस्थिति रहेको थियो ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु