Covid-19
City Express

सिरहाको बनिनियामा २९ सदस्यीय चमार समाज गठन , रौतहट हत्याकाण्डको घोर विरोध

नेपालमा चमारहरु माथि दिनुह हत्या हिसां भैरहेको बेला प्रदेश २ का चमारहरु एकिकृत हुन थालेका छन ।

चमार समुदायहरुको समाजसेबी जागेश्वर महरा चमारको अध्यक्षता एवमं चमार कल्याण समाज नेपालका केन्द्रिय कोषाध्यक्ष सुरेन्द्र कुमार चमारको प्रमुख अतिथ्यतामा सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वार्ड न. १ बनिनियामा भएको भेलाले दिपेन्द्र चमारको अध्यक्षतामा २९ सदस्यीय चमार कल्याण समाज गाउ कमिटि गठन गरेको छ ।

जसको उपाध्यक्षमा रबिन्द्र चमार , कोषाध्यक्षमा जहरी देबी महरा चमार , सचिवमा श्रीराम महरा चमारलाई सर्बसम्मतले चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा देव महरा , मुकेश चमार ,सविता देबी महरा ,धमेन्द्र राम , राम पुकार राम , दिलिप महरा , मन्जु चमाईन , सन्जित चमार ,प्रमिला देबी चमाईन , जागो देबी महरा , देब कुमारी चमार , सत्रोहन कुमार चमार , सन्जय कुमार चमार , सिकेन्द्र चमार , अरविन्द चमार लगाएत रहनु भएको छ ।

समाजसेबी जगेश्वर महरा चमारको अध्यक्षतामा भएको भेलामा नेपालमा चमारहरुलाई राज्य र गैर दलितहरुले अत्यधित अत्याचार गरेकोका भन्दै त्यसको प्रतिकार गर्नका लागि आफुहरु तयार हुनुपर्ने केन्द्रिय कोषाध्यक्ष सुरेन्द्र कुमार चमारले बताएका थिए ।

केही महिना पहिला आफनै कल्याणपुर नगरपालिकामा रिकुं चमाईनलाई त्यहाका स्थानिय गैरदलित नेताको भान्जले दुरब्यवहार गरिनु , चमार युवाहरुलाई कल्याणपुर नगरपालिकामा गैरदलितहरुले सधै निशानामा राखिनु भने आफहरुलाई ज्यादति गरिरहेको चमार युवा सघंका केन्द्रिय उपाध्यक्ष सत्तो महरा चमारले बताएका थिए ।

यस्तै चमार कल्याण समाज गाउ कमिटिको पहिलो बैठकले हालै प्रदेश २को रौतहट जिल्लामा भएको विजय राम चमार , निरन्जन चमार चमारको हत्याराहरुलाई नेपाल सरकारले जोगाउन खोजेको भन्दै खेद ब्यक्त गर्दै दोषीहरुलाई कारवाहीका लागि माग गरेको छ ।

गाउ स्तरिय कमिटि बनाउनका लागि विशेष पहल रविन्द्र चमारले गरेका थिए । चमार कल्याण समाज नेपालको केन्द्रिय कार्यक्रम बमोजिम नेपालको हरेक गाउ गाउमा चमार समुदायलाई एकिकृत गर्ने र जातिय बिभेदका विरुद्धमा सारा दलितहरुसगं सहकार्य गर्ने कार्यक्रम अन्र्तगत गाउ कमिटि बनाईएको समाजका केन्द्रिय महिला संयोजक दिनेश चमारले जानकारी दिनु भयो ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु