२०८० मंसिर २५ गत सोमवार | December 11, 2023

गृहपृष्ठ अखिल क्रान्तिकारीको बैठकमा विवाद उत्पन्न,झडपको स्थीती सृजना भएपछि प्रहरी बोलाइयो

अखिल क्रान्तिकारीको बैठकमा विवाद उत्पन्न,झडपको स्थीती सृजना भएपछि प्रहरी बोलाइयो

नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको तेस्रो विस्तारित बैठकमा तिब्र विवाद उत्पन्न भएको छ।हात हालाहालको स्थीती भएपछि प्रहरी बोलाइएको थियो।

केन्द्रीय समितिलाई पूर्णता दिन बोलाइएको बैठकमा उपाध्यक्ष पवन कार्की समूहलाई बेवास्ता गरिएको भन्दै हो-हल्ला गरिएपछि बैठकस्थलमा हात हालाहाल भएको हो।

सो घटनालगत्तै प्रहरी बोलाएर स्थितिलाई सामान्य बनाइएको अध्यक्ष पञ्चा सिंहले जानकारी दिएकी छिन्।

आफूनिकटलाई मात्रै केन्द्रीय समितिमा पारेको तथा पदाधिकारी चयन गरेको भन्दै कार्की समूहले बैठकमा नाराबाजी गर्दै फ्रयाक्सन इन्चार्ज हितमान शाक्यको राजीनामासमेत माग गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु