गृहपृष्ठ अझ बढी सचेतना अप्नाउन र आपतकालीन अवस्था परे सम्पर्क गर्न एनआरएनए पोर्तुगलको अपील
अझ बढी सचेतना अप्नाउन र आपतकालीन अवस्था परे सम्पर्क गर्न एनआरएनए पोर्तुगलको अपील

लिस्बन,पोर्तुगल । पोर्तुगलमा कोरना भाइरसको प्रकोप दिनप्रदिन तीब्र गतिमा बढिरहेको सन्दर्भमा एनआरएनए पोर्तुगल अध्यक्ष तिलक गैरेले एक अपील प्रकाशित गरि नेपाली समुदाय अझ बढी सचेत रहन आग्रह गरेका छन् । उनले कुनै आपतकालीन अवस्था आइपरे एनआरएनए पदाधिकारीहरुलाइ सम्पर्क गर्न अनुरोध गरेका छन् ।अपीलमा भनिएको छ, “अहिलेको अवस्थामा प्रचारात्मक भन्दा पनि प्रतिरोधात्मक रुपमा कोरोना सँग लड्नु नै बुद्धिमानी हुने सन्दर्भमा सबै नेपाली दिदीबहिनी तथा दाजुभाईहरु घर भित्रै बसेर यो अवस्थाको सामना गर्न र कुनै Emergency समस्या परेमा NRNA पोर्चुगलका पदाधिकारी तथा सदस्यहरु सँग सम्पर्क गर्नु हुन् अनुरोध गर्दछु।”
हेर्नुहोस् अपील:
आदरणीय पोर्चुगल बासी दिदिबहिनि तथा दाजुभाईहरु विश्वमा अहिले कोरोना भाइरसको संक्रमण निकै फैलिरहेको छ। प्राकृतिक विपत्तिको रुपमा रहेको यो कोरोना भाइरसको संक्रमणले सम्पूर्ण विश्व सहित डायोस्पोरा र नेपालमा बस्ने सम्पूर्ण नेपालीहरुलाई आक्रान्त पारेको छ। भगवानको कृपाले नेपालमा संक्रमणको बृहत आकार नदेखिइ सके पनि डायोस्पोरा को नेपाली समुदाय भने कोरोनाको संक्रमण बाट आक्रान्त भै सकेको छ। पोर्चुगलमा पनि केहि नेपाली मित्रहरु कोरोना संक्रमित भै सक्नु भएको छ भने केहि क्वारेन्टाइनमा रहनु भएको अवस्था विद्यमान छ। यो रोगको औषधी आविष्कार नभई सकेको सन्दर्भमा यसको रोकथाम भनेको घरबाट बाहिर ननिस्कनु र कसैको सम्पर्कमा नआउनुनै हो।
हाम्रो पोर्चुगलको हकमा NRNA लाई संक्रमित बारे जानकारी भएता पनि व्यक्तिगत गोप्यता, सम्बन्धित व्यक्तिगत चाहना इत्यादी का कारण यथार्थ विवरण सार्वजनिक गर्न असमर्थ रहेको यथार्थ कसैले भुल्नु हुदैन। अहिलेको अवस्थामा प्रचारात्मक भन्दा पनि प्रतिरोधात्मक रुपमा कोरोना सँग लड्नु नै बुद्धिमानी हुने सन्दर्भमा सबै नेपाली दिदीबहिनी तथा दाजुभाईहरु घर भित्रै बसेर यो अवस्थाको सामना गर्न र कुनै Emergency समस्या परेमा NRNA पोर्चुगलका पदाधिकारी तथा सदस्यहरु सँग सम्पर्क गर्नु हुन् अनुरोध गर्दछु।
अन्तमा यो अवस्थामा संक्रमित सबैको शिघ्र स्वास्थ्यलाभको कामना एवं सावधानी र सतर्कताको निम्ति अनुरोध गर्दै राम नवमी को उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछौ।।।।
तिलक गैरे
अध्यक्ष
NRNA पोर्चुगल