गृहपृष्ठ अनिगिन्ती सपनाको बीचमा विदेश यात्रा:दृश्य एउटा,रंगिन तस्वीर भित्र लुकेको कथा बेग्लै
अनिगिन्ती सपनाको बीचमा विदेश यात्रा:दृश्य एउटा,रंगिन तस्वीर भित्र लुकेको कथा बेग्लै
दृश्य एउटा,कथा फरक

अथाह सपना,सपनाको बीचमा रंगिन संसारको कल्पना,अनेकौ योजनाले भरिभराउ यात्रा।नेपालबाट हवाइजाहाजमा उड्दै गर्दा मानसपटलमा सृजना हुने तरंगहरु।साच्चिकै लोभलाग्दो र मिठास हुन्छ।
एकातर्फ बुवाआमाको सपना,श्रीमतीको सपना अर्कोतर्फ छोराछोरीको सपना।सबै घोतलिएर गरुंगो भारीका साथ प्रदेशिएका नेपालीहरू दिनरात उहीँ सपनाको चाजोपाजो मिलाउन व्यस्त छन्।कतिका पूरा हुन्छन् भने कतिका अधुरा हुन्छन्।
घरदेशमा बस्ने मानिसले सोच्दा हुन् की विदेशको समुन्द्रको किनारमा बसेर एउटा सेल्फी सामाजिक संजालमा राख्ने दिन कहिले आउला!साथीभाइसँग गफमा गफ जुधाउने दिन कहिले आउला !अझ युरोप र अमेरिका वा यो फलानो देशबाट फोनमा घण्टी बजाउने दिन कहिले आउला ! मेरो छोरा,मेरो श्रीमान फलानो देशमा छ भन्दै छिमेकीसँग गफिने दिन कहिले आउला!स्वदेशमा भएका मानिसले तारन्तार सोच्ने,मनको कल्पनामा बहकिने माध्यम बनेको छ “प्रदेश”।
प्रदेश जति सरल ,सहज र रंगीन सोचिन्छ,त्यो पुरै प्रत्यक्ष रहेको देखिदैन। सात समुन्द्र पारी गएर छोराले वा श्रीमानले कस्तो अवस्थामा काम गरिरहेको छ वा के गरिरहेको छ?यो प्रश्न गौण बन्न जान्छ।
बुवाआमा,साथीभाइ ,इस्टमित्र र आफन्तले एक मात्र सोध्ने प्रश्न पैसा कति कमायौं?तिमीले त धेरै सम्पत्ति जोडेछौंनी।यतिका पैसा कमाएछौ।कति छिट्टै प्रगती गरेको हो,लौन मिल्छ भने मेरो छोरा या यो आफन्तलाई पनि बिदेश छिराउनु पर्यो।नेपालमा बसेर त केही कामै गरेन,खतम भयो,बर्बाद भयो,डुलेर मात्र खान्छ ,पैसो कमाइजो गर्दैन ,यसलाई बिदेश लगेर ठेगान लगाउनु पर्यो।
यिनै ,यस्तै शब्दहरु हाम्रो घरपरिवार ,समाज र छरछिमेकले एकोहोरो भन्ने गर्दछन्।प्रवासको दुख, पीडा,वेदना र नियतिको सन्दर्भमा सायद घरदेशमा बस्ने मानिस बेखवर हुन्छन्।चर्को घाम,पानी ,चिसो,जमेको हिउँमा नंग्रा खियाउदै साहुको दबाबमा काम गरेको,कठिनाइमा लडिपडी खेल्दै काम गरेको देख्नेलाई पीडाबोध होला।
तर गफमै मस्त रहने घरदेशिको लागि प्रदेशिको पीडा बाहना बन्न सक्छ।एउटा नेपाली आफ्नो घरपरिवार ,इस्टमित्र र आफन्त सबै छोडेर केवल धन कमाउने आशमा जीवनको उत्कृष्ट समय प्रदेशमै खर्चन बाध्य छ।उसको व्यक्तिगत चाहना, इच्छा,आकांक्षा सबै बिर्सन विवश छ।जीवनको उर्वर समय विदेशको माटोमा खेर फालेको एउटा नेपाली बुढेसकालमा नेपाल फिर्ता हुन्छ।जब उ बुढेसकालमा नेपालमा पुग्छ,तब त्यहाँ बाटोघाटो,समाज ,साथीभाइ सबै परिवर्तन भएको हुन्छ।
एकोहोरो दलिनमा जमेको उसलाई के रमाइलो,के आनन्द ,के रसरंग!जीवन विदेश यात्राकै रस्साकस्सीमा अन्तिम घडिमा पुगेको उसको जीवन केदिजस्तै हुने गर्द्छ।
विदेशीन बाध्य हुने प्रमुख कारण बेरोजगारी समस्या
नेपालमा बेरोजगारी समस्या चरम बिन्दुमा भएकै कारण अधिकांश नेपाली बिदेशीन बाध्य छन्।चाहेर वा नचाहेर उनीहरुको उत्कृष्ट विकल्पको रुपमा प्रदेशनै रोजाइमा पर्दछ।कृषि क्षेत्रमा उत्पादन कमि,उधोग कलकारखाना न्यून मात्रामा खुलेका कारण पनि धेरै युवायुवती बेरोजगार रहेका छन्।
भएका उधोग र कार्यालयमा जागिर पाउन मुस्किल हुने र पाएपनि निकै कम सिट संख्या हुने कारण पनि बेरोजगार संख्या निकै बढेको देखिन्छ।एउटा समान्य पदमा जागिर पाउन सोर्स,फोर्स लगाउनु पर्ने,क्षमता र योग्यताको कदर नहुने,जागिरकै लागि घुस खुवानु पर्ने नियती नेपाली समाजमा ब्याप्त रहेको छ।यस्तै जड समस्याका कारण नेपाली बिदेश जान बाध्य भएको देखिन्छ।
राजनीतिक अस्थिरता
नेपालमा निरन्तर हुने र मेटिन नसकेकोनै राजनितिक अस्थिरता हो।बारम्बार राजनितीक तिक्तता,आन्दोलन ,बन्द ,हडताल नेपालको नियतिनै हो भन्दा पनि फरक नपर्ला।
अस्थिर सरकार, राजनितिक दलबीचको मनमुटाव, महिनै पिच्छे सरकार परिवर्तनको हल्लाले गर्दा आम नेपालीमा निराशा मात्र छाएको देखिन्छ। देशमा अशान्ति ,अस्थिरता र बिकृती -बिसगतिकै कारण आशा र भरोसाको निश्चित आधार देखिदैन।
यसकारण पनि नयाँ योजना र लगानी गर्न डराउनु पर्ने स्थित पैदा भएको छ भने ब्यापार -ब्यसायमा हात बढाउन लगानी डुब्ने चिन्ता ब्रगेल्ती छ।
सामाजिक दृस्ठिकोणको प्रभाव
विगतदेखिने नेपाली समाजमा प्रदेशमा रोजगारी सन्दर्भमा जवरर्जस्त चिन्तन हावी भएको छ।विदेश जानै पर्ने,प्रवास छिरे मात्र प्रगतिको ढोका खोल्न सकिन्छ भन्ने मान्यता दर्ज भएको छ।
यस्तै चिन्तन र दृस्ठिकोणको कारण पनि नेपालमै काम गर्छु भन्ने युवायुवतीमा आट र साहास देखिदैन।अर्कोतर्फ परिवारको एकोहोरो विदेश जानै पर्छ भन्ने दवावका सामु उनीहरु निरीह हुने गर्दछन्।
उदारहणका लागि:पल्लाघरे साइलाले विदेश गएर कति धेरै पैसा कमायो,यहाँ हाम्राको डुलेर दिन बिताको छ ,यसलाई जसरी पठाउनु पर्यो।यस्तै भावहरु हरेक दिन हाम्रो समाज,परिवारमा प्रकट भैरहेका हुन्छन्।यो पनि महत्वपूर्ण कारण हो विदेश पलायन हुनु पर्ने वाध्यता।