२०७७ माघ २ गते शुक्रवार | January 15, 2021

Bharat Poudel
Bharat Poudel

गृहपृष्ठ अनेसास पोर्चुगलमा नयाँ नेतृत्व ,अध्यक्षमा बिनोद स्पन्दन

अनेसास पोर्चुगलमा नयाँ नेतृत्व ,अध्यक्षमा बिनोद स्पन्दन

अनेसास पोर्चुगलले पायो नयाँ नेतृत्व

नेपाली समुदायमाझ अत्यन्तै लोकप्रिय सस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)पोर्चुगलको नवौं अधिवेशन एक कार्यक्रमकाबीच सम्पन्न भएको छ।समाजका निवर्तमान महासचिव बिनोद धिमाल (स्पन्दन)को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ।

सो कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बद्री बाबु पोखरेल,उपाध्यक्षहरुमा सवि श्रेष्ठ र विशेष अत्रेय निर्वाचित भएका छन् ।त्यसैगरी महासचिवमा अर्जुन बाराहाली र सचिवमा शम्भु सिलवाल चयन भएका छन् भने कोषाध्यक्षमा बिजय गुरुङ र सह-कोषाध्यक्षमा बिमला आचार्य (विद्या) निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

समाजको सदस्यहरुमा यादव देवकोटा ,अरुन भेटवाल,सागर शाह,नविन पाण्डे ,रमेश भट्टराई ,शान्ति अर्याल ,रितु पाख्रीन तामाङ ,दिव्यकान्त उप्रेती ,सोम अनुराग बस्नेत ,स्मिता सत्याल र किरण लिम्बु निर्वाचित भएका छन्।समाजको संरक्षकमा मकर हमाल चयन भएका छन् भने सल्लाहकारहरुमा सुनिल संगम (उपाध्यक्ष अनेसास केन्द्र)रविन अधिकारी (ICC सदस्य ,एनाआरएनए पोर्चुगल)चयन भएका छन् ।

त्यसैगरी नारायण काजी मगर(ICC सदस्य एनआरएनए पोर्चुगल)तिलक गैरे(अध्यक्ष -एनआरएनए पोर्चुगल)वाई वी गुरुङ (निवर्तमान अध्यक्ष -अनेसास पोर्चुगल) चयन भएका छन्।

लक डाउनको जटिल परिस्थितिलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम राखेर निर्वाचन सम्पन्न गरिएको नवनिर्वाचित अध्यक्ष स्पनदनले जानकारी दिए।निर्वाचित सम्पूर्ण पदाधिकारी एवम् सदस्यहरुलाई संकटकाल समाप्त भएपछि ओदाको प्रमाणपत्र दिने निर्वाचन समितिले जनाएको छ।

नवनिर्वाचित अध्यक्ष स्पनदनको साहित्य यात्रा यस्तो छ:

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगलको सचिव पदबाट सस्थागत यात्रा थालेका बिनोद स्पन्दनले समाजलाई छोटो समयमै लोकप्रियताको शिखरमा पुर्याउन महत्वपूर्ण भुमिका निर्वाह गरे।

उनी समाजको सचिव र महासचिव हुँदै अहिले नेतृत्वदायी भुमिकामा पुगेका छन् ।उनको साहित्य प्रतिको दृण लगाव र चिन्तनले गर्दा अन्तर्राष्ट्रिय स्तरमा लोकप्रिय साहित्यकारको रुपमा कहलिएका छन् ।नेपालको भक्तपुर स्थित दधिकोटमा बुबा नारायण प्रसाद धिमाल र आमा सरस्वती धिमालको ज्येष्ठ सुपुत्रको रुपमा धर्तीमा पाइला टेकेका स्पन्दन बाल्यकालदेखिनै बहुमुखी स्वभावका थिए।

विद्यालायमा हुने हरेक साहित्यिक कार्यक्रममा उनको शानदार प्रस्तुति हुने गर्थ्यो।उनको आकर्षक प्रस्तुतिले दर्शक-श्रोताहरु अझैपनी एकछत्र झुम्ने गर्दछन्।उनले घाम ,पानी ,वर्षा कहिल्यै भनेनन् ।केवल नेपाली कला,धर्म,सस्कृतीको श्रीबृद्धिमा लागिरहेका छन्।

बहुमुखी प्रतिभाका धनी स्पन्दन निरन्तर साहित्य विकासमा लागेकै कारण छोटो अवधिमै समाजको नेतृत्व तहमा पुगेको संस्थाका वरिष्ठ सल्लाहकार सुनिल संगमको भनाइ छ।

युरोपको अन्तिम बिन्दुमा आफ्ना दुई गजल सङ्ग्रह एकैपटक विमोचन गर्ने स्पनदन नेपाली साहित्य क्षेत्रकै अमुल्य गहना भएको अनेसास पोर्चुगलका निवर्तमान अध्यक्ष वाई वी गुरुङ बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु