२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ अनेसास पोर्चुगलले विश्वब्यापी खुला मुक्तक प्रतियोगिता गर्दै

अनेसास पोर्चुगलले विश्वब्यापी खुला मुक्तक प्रतियोगिता गर्दै

अन्तराष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगलले विश्वब्यापी खुला मुक्तक प्रतियोगिता संचालन गर्न लागेको छ।

प्रतियोगितामा आयोजक समिति बाहेक विश्वभरिका मुक्तककार तथा साहित्यकारहरूले सहभागिता जनाउन पाउनेछन।

मुक्तक कुनै पनि बिषयमा लेख्न सकिने तर अहिले सम्म कतै प्रकाशित नभएको हुनु पर्ने समाजका अध्यक्ष स्पन्दन विनोदले बताउनु भयो। आउँदो डिसेम्बर १५ तारिख सम्म तोकिएको ईमेल ठेगानामा मुक्तक पठाउनु पर्नेछ।

प्रतियोगिता मा पहिलो हुनेलाई नगद ३००यूरो र क्रमशः दोश्रो हुनेलाई २००, तेश्रो हुनेलाई १००र सान्त्वना स्थान हात पार्न सक्ने लाई ५०/५० युरो तय गरिएको छ।

प्राप्त मुक्तकलाई ३ जनाको निर्णायक टोलीले निरिक्षण गरी नतिजा नव वर्ष २०२२ को अवसरमा कुनै कार्यक्रमको आयोजना गरी घोषणा गरिनेछ।

प्रतियोगितामा पुरस्कार सहित उत्कृष्ट ३० जनालाई प्रमाण पत्रले सम्मान गरिनेछ। उत्कृष्ट ३० मुक्तकका सर्जकलाई कार्यक्रममा वाचनका लागि आमन्त्रण गरीने आयोजकले बताएको छ।

अनेसास पोर्चुगलले यस अघि कविता र गजल प्रतियोगिता गरिसकेको छ र यस पटक मुक्तकको विकास र विस्तारका लागि यो प्रतियोगिता आयोजना गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु