गृहपृष्ठ अनेसास पोल्यान्ड च्याप्टरको दोस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा सुसन परियार चयन
अनेसास पोल्यान्ड च्याप्टरको दोस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा सुसन परियार चयन

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पोल्यान्ड च्याप्टरको दोस्रो अधिवेशन सम्पन्न भएको छ।
पोल्यान्डको राजधानी वार्सामा भएको उक्त अधिवेशनले साहित्यकार सुसन परियार विसर्जनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
अधिवेशनले उपाध्यक्षमा भिम परियार र महासचिवमा विरास सुन्दास चयन गरेको छ।त्यस्तै सचिवमा देब खत्री,कोषाध्यक्षमा सोनाम शेर्पा,सदस्यहरुमा सरु खत्री र समिका थापा चयन भएका छन्।
त्यसै अवसरमा संरक्षक र सल्लाहकार टिम पनि चयन गरिएको छ।संरक्षकमा इनास ग्लोबलका केन्द्रीय उपाध्यक्ष मित्रलाल पार्दे रहेका छन् भने सल्लाहकारहरुमा डा बोधराज सुवेदी (पोल्यान्ड स्थित नेपाली अवैतनिक वाणिज्य दुत),डा गोपाल भट्ट ,डा एलिनी पोखरेल सुवेदी (एनआरएनए केन्द्रीय महिला सचिव),टोप बहादुर गैरे क्षेत्री र बिकास दोङ रहेका छन्।