२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ अन्तराष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगलको १०औं अधिवेशन गरेको दाबी,एक पक्षिय कार्यसमिति घोषणा

अन्तराष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगलको १०औं अधिवेशन गरेको दाबी,एक पक्षिय कार्यसमिति घोषणा

अन्तराष्ट्रिय साहित्य समाज पोर्चुगलले संस्थाको १० औ अधिवेशन सम्पन्न गरेको दाबी गरेको छ।मे २८ शनिबार को दिन जुम मार्फत भर्चुअल रूपमा गरिएको अधिबेशनले सवी श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति घोषणा गरेको छ।

नयाँ कार्यसमिति घोषणासँगै कार्यसमितिकै पदाधिकारीहरुले अधिवेशनको कुनै पनि प्रकृया नियम संगत ढंगबाट नभएको, प्रजातान्त्रिक ढंगबाट कार्यसमिति चयन गर्न बारबार सुझाव दिदा पनि नमानेको जगजाहेर छ।

नियोजित ढंगबाट नयाँ कार्यसमितिको नाम लिस्ट तयार गरी निर्वाचन समितीका संयोजक रबिन अधिकारी मार्फत सिधै घोषणा गर्न लगाएको बिषय प्रति आपत्ति जनाउँदै संस्था एउटा नियमसंगत ढंगबाट चलाऊन र कार्यसमिति पनि प्रजातान्त्रिक ढंगबाट चयन गर्न दबाब दिदा दिदै जबर्जस्ती घोषणा भएको भन्दै बिरोध जनाएका छन्।

हरेक संघ – संस्थाहरू प्रजातान्त्रिक ढंगबाट संचालन हुन्छन्। हरेक निर्णयहरू गर्नु पर्दा कार्यसमिति मा छलफल हुन्छ अनि निर्णय गरिन्छ।
अनेसासको अधिबेसनमा कार्यसमितिमा सक्रिय, र जिम्मेवार पदाधीकारीहरूलाई सुचना बाट बञ्चित गराइयो।

प्रमुख अतिथी आमन्त्रण, निर्वाचन समिती चयन लगायतका बिषयहरुमा पनि कार्यसमिति मा छलफल हुन सकेन। हुन त यो भन्दा अगाडि
पनि यस्तै खालका समस्याहरू नदेखिएका होईनन् ,फलस्वरुप संस्थामा अनमेल उत्पन्न भएको पाईयो।सल्लाह, सुझाव सहकार्य र समन्वय खासै रहन सकेन ।टिके प्रथा हाबी भयो भन्ने गुनासो सुनिन्थ्यो।

जरा गाड्दै आएको टिके प्रथालाई अन्त्य गरी संस्थामा देखिएका बिकृति र विसंगतिलाई चिदै संस्थालाई पबित्र संस्थाको रूपमा परिचित गराउनु पर्छ भन्ने मान्यताका साथ लागी परेको कार्यसमिति लाईनै सुचना भन्दा
बाहिर राखेर नियोजित तरिकाले राजनैतिक रूपमा आफ्नो विचार मिल्ने ब्यक्तिहरू मात्र को उपस्थिती मा कार्यसमिति घोषणा गरिनु कति सम्म प्रजातान्त्रिक होला ?

विगतमा पनि कार्यसमितिका पदाधिकारी तथा कार्यसमिति सदस्यलाईनै जानकारी नदिइ नाटकिय अधिवेशन गरेको सर्वविदितै छ।यस्ता गलत प्रवृत्तिलाई तत्काल सच्चाएर सस्थालाई अनुशासित र मर्यादित गराउन विशेष ध्यानाकर्षण गराउन चाहान्छौ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु