गृहपृष्ठ अन्तर्राष्ट्रिय नेपाली समाज मलेसिया शाखा गठन
अन्तर्राष्ट्रिय नेपाली समाज मलेसिया शाखा गठन

अन्तर्राष्ट्रिय नेपाली समाज मलेसिया राष्ट्रिय कार्यसमिति घोषणा तथा सपथ ग्रहण कार्यक्रम जुम भर्चुअल माध्यमबाट अप्रिल ४ तारिखमा सम्पन्न भएको छ ।
“जहिले पनि नेपालका लागि, जहाँ पनि नेपालीको लागि” भन्ने मुल नारा लिएर स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली समाजको मलेसियामा ४५ सदस्यीय राष्ट्रिय कार्यसमिति गठन भएको हो।
अन्तर्राष्ट्रिय नेपाली समाज मलेसियाका कार्यसमितिमा मलेसियामै रहेका नेपाली, क्रियासिल १५ वटा भन्दा बढि संघ-संस्थाका प्रतिनिधिहरु सम्मिलित समितिमाव अध्यक्ष राजु तामाङ, वरिष्ठ उपाध्यक्ष समिर मल्ल, उपाध्यक्ष बिक्रम याक्खा, सोना मगर, हिरालाल दयाल, जगत दोङ तामाङ, पुर्ण लिम्बु, डेबिट घिमिरे निर्वाचित भएका छन्। महासचिवमा बिर बहादुर सारु मगर, सह-महासचिवमा आनन्द साउद, सचिवमा सुमन श्रेष्ठ, उर्मिला राई, बिरेन्द्र कार्की, प्रवक्ता दल बहादुर तामाङ, कोषाध्यक्ष तारा देबि राई, सहकोषाध्यक्षमा समिर परदेशीलिम्बु, खड्ग बहादुर कार्की चयन भएका छन्।
त्यसैगरी सदस्यहरुमा केवल कुलुङ, दिपक राज जोशी, गंगा राई , रमेश थारु, बिक्रम वाईबा, नेत्र प्रताप सेन ठकुरी, रोजी सुनुवार, बिष्णु राई, चन्दा लिम्बु, दिप सिखर लिम्बु, साइली तामाङ, कला साम्बा, टेकेन्द्र थुलुङ, मिलन चक्र पुन, राजेश राई, क्रिन्जल तामाङ, कमल रसाइली, अनिल राई, सामा देवान, सिन्धु तामाङ, पासाङ तामाङ, दिल गुरुङ, सन्चा लिम्बु, कृष्ण प्रसाद गुप्ता, गोपाल भुजेल, अधिक तामाङ, छबिलाल बोम्जन चयन भएका छन् । नव गठित समितिलाई अन्तर्राष्टिय नेपाली समाजका केन्द्रिय अध्यक्ष अर्जुन घिमिरेले सपथ ग्रहणग राएका थिए ।
साथै नव गठित समितिका सल्लाहकारहरुमा डा. हुम बहादुर गुरुङ, शंकर बहादुर पौडेल, जागिर धन गुरुङ, बिपिन राई, मछिन्द्रनाथ चापागाई र पुरुशोत्तम कार्कीढोली रहेका छन् भने संरक्षकमा ईशवर राई रहेका छन्।
उक्त कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली समाजका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरेको सभापतित्वमा सम्पन्न भएको थियो। साथै कार्यक्रममा प्रमुख अतिथि पुर्ब कुलपति प्रोफेसर डा. टंकनाथ शर्मा, बिशिस्ट अतिथि प्रोफेसर डा. श्रीराम उपध्याय, प्रोफेसर डा. पुस्प दमाई, डा. महेश पौडेल, डा. किस्मात पाण्डे, डा. तारामणि राई, नेपाली राजदुतावास मलेसियाका उपनियोग प्रमुख मति बहादुर श्रीश मगर, डा. रेणु सोलु र गैरआवासीय नेपाली संघ मलेसियाका अध्यक्ष हरि भट्टराई रहेका थिए।
कार्यक्रममा स्वगत मन्तब्यको क्रममा अन्तर्राष्ट्रिय नेपाली समाजका केन्द्रिय उपाध्यक्ष तथा मलेसियाका संरक्षक ईश्वर राईले अन्तर्राष्ट्रिय नेपाली समाजको छोटो परिचय र अन्तर्राष्ट्रिय नेपाली समाज मलेसियाको उद्देश्यको बारेमा प्रस्ट पारेका थिए।
मलेसियामा श्रमीक राहत कोष स्थापनार्थ नेपाली दुतावास तथा विभिन्न संघ-संस्थासँग छलफल गरी श्रमिक राहत कोषको मोडेल तयार भैसकेको र त्यस कार्यलाई सम्पन्न गर्नेनै अन्तर्राष्ट्रिय नेपाली समाज मलेसियाको मुख्य योजना रहेको राईले बताए।
बधाई तथा शुभकामना मन्तब्यको क्रममा बिशिस्ट अतिथि नेपाली राजदूतवास मलेसियाका उपनियोग प्रमुख मोति बहादुर श्रीश मागरले मलेसियामा अबैधानिक बसोबास गर्ने नेपालीहरुको उद्धार कार्यमा दुतावासको तर्फबाट मात्रै असहज रहेकाले अरु संघसंस्थाहरुले पनि उद्धारको कार्यहरुमा सधै सहयोग गर्दै आएको बताए।
उक्त सहयोग निरन्तर आवश्यकता रहेको बताए। मलेसिया विभिन्न कारण जेल परेका नेपालीहरु सजाय भुक्तान भईसक्दा पनि टिकटको ब्यबस्था नहुदा ८०० भन्दा बढिले क्याम्पमै बसिरहनु पर्ने अबस्था रहेको थियो। हाल नयाँ राजदुत आए पछि यो संख्या धेरै घटेको र केही समयमानै सबै क्याम्पमा रहेका नेपालीहरुलाईको संख्या ८/१० जना मात्र रहने पनि बताए ।
साथेै नेपाली समाज मलेसिया कार्यसमिति गठन भएकोले खुसि तुल्याएको अभिब्यक्ति दिदै नव गठित समितिले श्रमिकको उद्धारको लागि श्रमिक उद्धार कोष जस्ता कार्यहरुमा महत्त्वपूर्ण भुमिका रहने विश्वास व्यक्त गरे।
कार्यक्रमका अर्का बिशिस्ट अतिथि ईतिहासविद प्रध्यापक डा. श्रीराम उपाध्यायले मलेसिया र नेपालको सम्बन्ध दोस्रो विश्वयुद्ध देखि हाल सम्म कायम रहेको र मलेसियाबाट नेपालीहरुले बिकास र समृद्धिको पाठ सिक्नु पर्ने बताए। सन १९९९ मलेसिया आउदाको अनुभब बताउदै मलेसिया युवाहरुको चाहानाले परिवर्तन भएको हो। तेसैले नेपालको बिकासमा युवाहरुको ठुलो भुमिका रहेको अभिब्यक्त गरे। साथै मलेसिया च्याप्टरका कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरे।
यसै क्रममा प्रमुख अतिथि पुर्व डिन प्रध्यापक डा. टंक नाथ शर्माले समितिलाई बधाई तथा शुभकामना ज्ञापन गर्दै देश बिकाशमा शैक्षिक, आर्थिक र समाजिक रुपान्तरण हुन जरुरी रहेको बताए । शैक्षिक बिकास योजना उत्कृष्ट बनाएकाछौं तर कार्यान्वयन नहुदा हामीले गरेको मेहनतको सार्थकता छैन, उनले बताए।
बैदेशिक रोजगारीमा तथा अध्यनका लागि बिदेश गएका युवाहरुको अनुभव र दक्षताले नेपालको रुपान्तरण सम्भव रहेको छ। यसको उदाहरण मलेसिया नै हो किनकि मलेसिया रुपान्तरण हुनु पुर्व सरकारकोनै आर्थिक सहयोगमा हजारौंको संख्यामा मलेसियन नागरिकहरु अमेरिका अध्यानको लागि पठाएको थियो।
उनिहरु अध्यान समाप्त पछि स्वदेश अनिबार्य फर्कनु पर्ने सम्झौता थियो र शतप्रतिशत स्वदेश फर्कि देशको रुपान्तरण गरेको उदाहरण प्रमुख अतिथि पुर्व डिन डा. शर्माले दिए।
यसै गरी बधाई तथा शुभकामना मन्तव्य अतिथि शंकर बहादुर पौडेल, डा. रेणु सोलु, उर्मिला निर्दोश लगायतले नवगठित समितिलाई बधाई तथा शुभकामना दिएका थिए। साथै कार्यक्रममा लिली अधिकारी, सुबन्द्रा भण्डारी र बिक्रम याक्खाले कबिता तथा गजल बाचन गरेका थिए।