२०८० जेठ २२ गत सोमवार | June 05, 2023

गृहपृष्ठ अन्तिमसम्म बाच्ने प्रयास गरे ती पुरुषले,तर अन्तिममा बेडनै नपाँउदा ज्याननै गुमाउनु पर्यो

अन्तिमसम्म बाच्ने प्रयास गरे ती पुरुषले,तर अन्तिममा बेडनै नपाँउदा ज्याननै गुमाउनु पर्यो

सिन्धुपाल्चोकका एक बिरामी अस्पतालको शैया खोज्दाखोज्दै जीवनवरण गर्न बाध्य भएका छन्।चौतारा साँगाचोकगढी नगरपालिका कुभिण्डेका ३७ बर्षिय पुरुष बाच्ने आधार खोज्दाखोज्दै ज्यान गुमाएका छन्।शुरुमा उनलाई काेराेनाकाे लक्षण देखिएकाे थियाे।

लक्षण देखिएपछि उनी शुक्रवार चाैतारा जिल्ला अस्पताल भर्ना भएका थिए। उनलाई झन समस्या भयाे। लगत्तै जिल्ला अस्पतालबाट धुलिखेल अस्पताल रिफर गरियाे। साेही दिन बेलुका कोभिड पोजेटिभ भएकाे रिपोर्ट प्राप्त भयाे।

यति बेलासम्म उनकाे अवस्था गम्भीर भइसकेकाे थियाे। उनी अक्सिजनका लागि छटपटाई रहेका थिए। तर अस्पतालमा बेड खाली थिएन। न आईसियू थियाे न त भेन्टिलेटर नै थियाे।

काेराेना बेडमै रहेका उनको बिहान मृत्यु भयाे। चार वर्ष अघि मुटुको शल्यक्रिया गरेका उनको शनिबार बिहान पौने ८ बजे मृत्यु भएको हो। आइसीयु बेड नभएपछि उनको इमर्जेन्सी कक्षमा राखेर उपचार गरिएको थियो।अहिले उनको परिवार विक्षिप्त अवस्थामा छ।

घरमा बुबाआमा छोरो गुमाउँदाको पीडामा छट्पटीएका छन् भने उनकी श्रीमती कमाउने एक मात्र आधार अस्ताएको भन्दै बिलाउना गरिरहेकी छिन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु