२०८० जेठ २२ गत सोमवार | June 05, 2023

गृहपृष्ठ अफगानिस्तानमा बिद्रोही तालिबानीसँगको भिडन्तमा ५९ जनाको ज्यान गयो

अफगानिस्तानमा बिद्रोही तालिबानीसँगको भिडन्तमा ५९ जनाको ज्यान गयो

द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा विगत २४ घण्टाको अवधिमा विद्रोहीहरुका क्रियाकलाप एवं भिडन्तमा परेर ५९ जनाको मृत्यु भएको छ।

अफगान युद्धको अनुगमन गरिरहेको समूहका अनुसार विगत २४ घण्टामा आठ जना सर्वसाधारण, नौ जना सैनिक र ४२ जना तालिबानी लडाकूको ज्यान गएको छ।

हिंसा न्यूनीकरण समूहले हिंसामा परेर ३० जना सर्वसाधारण, ३८ जना तालिबानी लडाकू र सात जना सुरक्षाकर्मी घाइते भएको जनाएको छ। समूहका अनुसार देशका १५ स्थानमा हिंसाका घटनाहरु भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु