२०८० जेठ २२ गत सोमवार | June 05, 2023

गृहपृष्ठ अफ्रिकी मुलुक नाइजरमा आतंककारीको आक्रमणबाट कम्तीमा ५० नागरिकको मृत्यु

अफ्रिकी मुलुक नाइजरमा आतंककारीको आक्रमणबाट कम्तीमा ५० नागरिकको मृत्यु

अफ्रिकी मुलुक नाइजरमा बन्दुकधारीको आक्रमणबाट कम्तीमा ५० जनाको मृत्यु भएको छ। मालीसँगको सीमा क्षेत्रमा भएको आक्रमणमा सर्वसाधारणको मृत्यु भएको सरकारी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

तिलाबेरी क्षेत्रको बजारबाट चारवटा सवारी सधानमा आउँदै गरेका मानिसलाई लक्षित गरेर बन्दुकधारीले आक्रमण गरेका हुन्। अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मा लिएको छैन।

सो क्षेत्रमा दुईवटा बिद्रोही समूह सक्रिय छन्। पश्चिममा माली र बुर्किना फासो नजिक तथा अर्को समूह नाइजेरियासँग सीमा जोडिएको दक्षिण पूर्वी क्षेत्रमा सक्रिय छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु