२०८० जेठ २२ गत सोमवार | June 05, 2023

गृहपृष्ठ अफ्रिकी राष्ट्र सोमालियामा वम विस्फोट ,कम्तीमा १०० जनाको मृत्यु

अफ्रिकी राष्ट्र सोमालियामा वम विस्फोट ,कम्तीमा १०० जनाको मृत्यु

सोमालियाको राजधानी मोगादिसुमा भएका दुई कार बम विस्फोटमा कम्तीमा १०० जनाको मृत्यु भएको छ।

शनिबार शिक्षा मन्त्रालयबाहिर भएको उक्त विस्फोटमा ३०० जना घाइते भएका सोमालियाका राष्ट्रपतिले आइतबार बिहान एक विज्ञप्ति जारी गर्दै भनेका छन्।

राष्ट्रपति हसन शेख मोहम्मदले विस्फोट स्थलको भ्रमणपछि भने, ‘विस्फोटमा बच्चाहरूलाई काखमा राखेका आमाहरू, स्वास्थ्य बुबाहरू, पढ्न पठाइएका विद्यार्थीहरू, आफ्नो परिवारको जीवनसँग संघर्ष गरिरहेका व्यवसायीहरूको दुःखद मृत्यु भएको छ।’

आक्रमणको जिम्मा कुनै समूहले लिएको छ। तर, आक्रमणमा मुस्लि लडाकु समूह अल सहबाबको संलग्नता रहेको राष्ट्रपतिले दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु