गृहपृष्ठ अबदेखि संवैधानिक इजलासमा परेका मुद्दा प्रधानन्यायाधीश जवराले नहेर्ने
अबदेखि संवैधानिक इजलासमा परेका मुद्दा प्रधानन्यायाधीश जवराले नहेर्ने

संवैधानिक इजलासबाट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा बाहिरिने भएका छन्।
संवैधनिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइबाट जबरा अलग हुने भएका हुन्।
अब मुद्दाको सुनुवाइ हुने दिन आफू अनुपस्थित हुने जानकारी दिएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए।
उनी विदा बस्दा बरिष्ठ न्यायाधीश दिपककुमार कार्की कामू प्रधानन्यायाधीश भई संवैधानिक इजलासको पेशी तोक्ने छन्। अब जबरा विनाको संवैधानिक इजलासले यो विवादको निरुपण गर्नेछ।