गृहपृष्ठ अबैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गर्ने २१ सवारी साधन नियन्त्रण
अबैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गर्ने २१ सवारी साधन नियन्त्रण

चितवनमा अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने २१ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
चितवनको कालिका नगरपालिका वडा नम्बर ८ र रन्तनगर नगरपालिका वडा नम्बर १४ र १६ स्थित कयर खोलामा अबैध रुपमा उत्खनन् गर्ने जेसिबीसहित ट्रयाक्टर र टिपर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
शुक्रबार खोलामा अबैध रुपमा उत्खनन तथा चोरी निकासी गरिरहेको अबस्थामा ईलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको टोलिले एउटा जेसिबी, २ वटा टिपर १८ वटा ट्रयाक्टर गरी जम्मा २१ वटा सबारी साधनलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।