२०७९ चैत १३ गत सोमवार | March 27, 2023

गृहपृष्ठ अभिनेता पल शाहलाई २ बर्ष ६ महिना जेल सजाय हुने फैसला

अभिनेता पल शाहलाई २ बर्ष ६ महिना जेल सजाय हुने फैसला

नवलपुर जिल्ला अदालतले नायक पल शाहलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको छ।

मंगलबार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बाल यौन दुरुपयोगमा शाहलाई दोषी ठहर गरेको हो।

उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ को कसुरमा दोषी ठहर गर्दै २ वर्ष ६ महिना जेल सजायसमेत हुने फैसलामा उल्लेख गरिएको छ। साथै, पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन भनेको छ।


अदालतले बलात्कारको मुद्दामा भने सफाई दिएको छ। गत चैतमा सुटिङका क्रममा शाहले बालिकालाई गैडाकोट रिसोर्टमा जबर्जस्ती गरेको पीडित पक्षको आरोप थियो।

ती बालिकाले नवलपुर र तनहुँमा गरी दुई ठाउँमा उजुरी दिएपछि शाहमाथि दुई वटा जिल्ला अदालतमा एकै पीडितबाट बलात्कार मुद्दा चलिरहेको थियो।

अब तनहुँ जिल्ला अदालतबाट समेत सफाई पाएको अवस्थामा र नवलपुर जिल्ला अदालतले तोकेको जेल सजाय काटेपछि भने शाह थुनामुक्त हुन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु