गृहपृष्ठ अमेरिकामा इतिहास रचे दिवेशले,अमेरिकन आइडलको बने उपबिजेता
अमेरिकामा इतिहास रचे दिवेशले,अमेरिकन आइडलको बने उपबिजेता
सम्पूर्ण नेपालीहरुको शिर उचो राखे दिवेशले सफलता चुमेर

भनिन्छ,नेपाली हुनुको गर्वनै बेग्लै हुन्छ। सयौं युगदेखी गोर्खालीको नामबाट चिनिने नेपालीहरूले विश्वमा आफ्नो कला र क्षमता प्रदर्शन गरेर इतिहास रचेका छन्।
विश्वकै चर्चित गायन रियालिटी सो अमेरिकन आइडलमा नेपालका दिवेशले उपबिजेता बनेर इतिहास रचेका छन् ।यसअघि हुने रियालिटी शोहरुमा नेपालका कसैले पनि सहभागीता जनाएका थिएनन्।
यसपटक भने दिवेशको सहभागिताले नेपालमा मात्र नभैइ विश्वमा छरिएर रहेका नेपालीहरु निकै उत्साही भएका थिए।दिवेश उत्कृष्ट ५ हुँदै अन्तिम २ मा छानिएका थिए।यद्यपि फाइनल राउन्डमा भने दिवेशलाई पछि पार्दै साम अमेरिकन आइडल बनिन्।
उपाधी चुम्नबाट चुकेपनि नेपालीको कला र कौशलतालाई दिवेशले विश्वसामु चिनाएका छन्। कोरोना महामारीले देश आक्रान्त बनिरहेका बेला उनको यो सफलताको नेपालीहरुमाझ खुशीको किरण छरिएको छ।