२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ अर्घाखाँचीमा बसले ठक्कर दिदा एक जना महिलाको ज्यान गयो

अर्घाखाँचीमा बसले ठक्कर दिदा एक जना महिलाको ज्यान गयो

जिल्लाको शीतगंगा नगरपालिका १४ सुखौरा हडाहामा बसले किचेर एक महिलाको मृत्यु भएको छ।

मंगलबार साँझ कपिलवस्तुबाट अर्घाखाँची सिमलपानी छेडा जाँदै गरेको लु १ ख ८७५८ नम्बरको बसको पछिल्लो टायरले किच्दा ७६ वर्षीया इन्द्रकला भट्टराईको ज्यान गएको प्रहरीले जनाएको छ।

बस चढेर घर आइपुगेपछि झर्ने क्रममा बस गुड्दा बसको पछाडिको टायरले भट्टराईलाई किचेर घाइते भएकी महिलाको उपचारका क्रममा कपिलवस्तुको सामुदायिक अस्पताल पिपरामा मृत्यु भएको हो।

पोष्टमार्टमका लागि शव जिल्ला अस्पताल तौलिहवा‚ कपिलवस्तु लगिएको छ। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु