२०८० मंसिर २४ गत आइतवार | December 10, 2023

गृहपृष्ठ अर्थन्यूजमा कार्यरत पत्रकार तथा कर्मचारीले तलब नपाउदा कार्यालयको सामान लान बाध्य

अर्थन्यूजमा कार्यरत पत्रकार तथा कर्मचारीले तलब नपाउदा कार्यालयको सामान लान बाध्य

लामो समयदेखि तलब नपाएपछि अर्थ न्यूज टेलिभिजनका श्रमजीवी पत्रकार तथा कर्मचारीहरूले कार्यालयको सामान उठाएका छन्। उपकार मिडिया ग्रुपद्धारा सञ्चालित टेलिभिजनमा कार्यरत पत्रकार तथा कर्मचारीहरुले आज कम्प्युटर, क्यामेरासहित फर्निचर उठाएका हुन्।

त्यहाँ कार्यरत पत्रकारहरुको तीन महिनादेखि नौं महिनासम्मको तलब बाँकी छ। कार्यकारी निर्देशक शाहले पैसा नभएको बैंकको खाली चेक दिएर झुक्याउँदै आएको पीडितहरुको आरोप छ। महानगरीय प्रहरी परिसर, ललितपुरले बैंकिङ्ग कसूरको आरोपमा आज शाहलाई पक्राउ गरेको छ।

नयाँ व्यवस्थापक पक्ष आएपनि तलब दिन चासो नदेखाएको पीडितहरुको भनाई छ। पीडितहरुले तलब माग्दै गत भदौ २२ गते टेलिभिजनको कार्यालयमा तालाबन्दी गरेका थिए। उक्त तालाबन्दीपछि नयाँ व्यवस्थापन पक्ष दिनेश शाह, कमल शाह र टेलिभिजनका कर्मचारीबीच पाँच बुँदे सहमति भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु